नेपालमा एमआरपीमा दलालको बिगबिगी

MRP

काठमाडौं । हस्तलिखित राहादानीलाई प्रतिस्थापन गर्ने मिति नजिकै जादा मेसिन रिडेवल पासपोट (एमआरपी) लिनेको भीड बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय बबरमहल क्षेत्र दिनहुजस्तो एमआरपी बनाउनेहरुको भीड देखिन्छ । फारम भर्दा ध्यान नपु¥याउदा सेवाग्राहीले दुःख पाइरहेका छन् । तर, सरकारी चरम लार्पावाहीका कारण एमआरपी छपाईमा उत्तिकै गल्ती भेटिको छ । जिल्ला प्रशासन कार्यालय वरिपरी डुल्ने दलालका कारण सेवाग्राहीले उत्तिकै सास्ती ब्यहोर्नु परिरहेको छ । यसै सन्र्दभमा जिल्ला प्रशासन कार्यालय क्षेत्रमा पुगेर हाम्रा संवाददाताले तयार पारेको तथ्य यस्ता थिए ।

१. जिल्ला प्रशासन कार्यालयको बाटो तपाईं हिडिरहनु भएको छ भने त्यसक्षेत्रमा सक्रिय दलालहरु झोलै तान्दै के सेवा गरौं हजुर भन्दै हाजिर भइहाल्छन् ।
२ं. बसाई सराई गरेर काठमाडौंमा स्थायी बासोबास गर्ने सेवाग्राहीले आ–आफ्नो जिल्लाबाट अभिलेख मगाउनु पर्ने कानुनी व्यवस्था छ । अभिलेख मगाउने कामसमेत दलालहरुले एकै दिनमा गर्दा रहेछन् । जिल्लाबाट अभिलेख पठाइदिएबावत उनीहरुले मोबाइबाटै घुस लिन्छन । उनीहरुको मोबाइल रिचार्ज गरिएदिए काम बन्छ ।
३. पराष्ट्र मन्त्रालयले थपलिया थरको सेवाग्राहीलाई थापाथली लेखेर पासपोट बनाएर पठाइदिएको समेत भेटियो ।
४. एमआरपीमा महिलालाई मेल र पुरुषलाई फिमेल छापेर पठाउनु सामान्यजस्तै लाग्छ सरकारी कर्मचारीलाई ।
५. सरकारले सन् २०१० देखि डिसेम्बर २०१४ सम्म २६,६७,९१० नयाँ एमआरपी जारी गरेको छ भने ९,६४,९३३ को नवीकरण गरेको छ ।
६. सरकारी लार्पवाहीका कारण कतिपय राहादानीमा महिलाको फोटो हुनपर्ने ठाउँमा पुरुषकोे र पुरुषको फोटो हुनुपर्नेमा महिलासमेतको राखेर पठाएको भेटियो ।
७. एमआरपीमा नेपाली जन्म मिति राखेको समेत भेटिन्छ ।
८. एकजना सेवाग्राहीको जन्मनु भन्दा पहिला जारी मिति राखेरसमेत राहादानी जारी गरिएको भेटियो ।
९. नियमानुसार महिलाहरुले गरगहना लगाउन पाइँदन । तर, पराष्ट्र मन्त्रालयद्वारा जारी कतिपय राहादानीमा गरगहनाले भकिझकाउ फोटासहित जारी गरिएको छ ।
१०. कानुनी बाध्यता नभएका कारण एमआरपीको लागि फोटोमा दुवै कान अनिवार्य देखिनुपर्ने हुन्छ । तर सानो कान हुनेले कानको पछाडि कागज हालेर कानलाई अगाडितिर तानेर फोटो लिन्छन् ।
११. विशेष धार्मिक, साँस्कृति एवम् स्वास्थ्यसम्बन्धी कारणबाहेकले टाउको खुल्ला हुनपर्ने, कानुनी ब्यवस्था भए पनि हिन्दूहरुले धार्मिक आस्थाका कारण टोपी लगाउन चाहेमा उनीहरुलाई छुट छैन । मुसलमानलाई जे लगाए पनि छुट छ ।
१२. एमआरपी बनाइदिने दलालको आफ्नै ‘कोट भाषा’ प्रयोग गर्छन् । नाफा लिनु परेमा छ्याङ्कन र राम्रो ग्राहक भेटमा मुर्गाजस्ता कोट ‘भाषा’ प्रयोग गर्छन । सेवाग्राहीअनुसार उनीहरुले आफ्नो रेट भाउ तोक्छन् । दलालको भाषामा मंगोलियन अनुहार भएका ब्यक्तिहरु राम्रा ग्राहक हुन् । उनीहरुलाई अन्य ग्राहकको भन्दा छुट्टै मूल्य लिन्छन् ।