मकाउमा एनआरएनले यसरी मनायो १०९ औ अन्तराष्ट्रिय नारी दिवस

मकाउ – गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउले पहिलो पटक नारी दिवस मनाएको छ । १०९ औ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर पहिलो पटक नारी दिवस मनाएको हो ।

कार्यक्रमको उदघाटन प्रमुख अतिथि एनआरएन मकाउ अध्यक्ष शान्ति अधिकारीले गरिन । उद्घाटन गर्दै अध्यक्ष अधिकारीले महिलाहरुले भोगीरहेका विभिन्न समस्याका विषयमा सशक्त रुपमा आवाज उठाउन आवश्यक रहेको धारणा राखीन । महिला तथा बालबालिका माथि भैरहेका र भोगिएका हत्या हिंसा विरुद्धको बारेमा आवाजा उठाउन सबै एक हुनुपर्ने खाँचो समेत उनले औल्याइन ।

संघका महिला संयोजक शर्मिला राईको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा सुशिला राईले स्वागत मन्तब्य राखिन । कार्यक्रममा अतिथिका रुपमा बोल्नुहुँदै पूर्व प्रवासी नेपाली मञ्चका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी, अन्तरास्ट्रिय नेपाली समाजका अध्यक्ष प्रजुन कुमार अधिकारी, मकाउ नेप्लिज्ज वडी विल्डिङ एन्ड फिटनेस एसोसिसयनका अध्यक्ष अध्यक्ष सिर्जन (बाबा भाई), डिएक्सएनका अध्यक्ष मिलन श्रेष्ठ, शेर्पा समाज अध्यक्ष अङ्ग गेल्जेन शेर्पा, हेड्स नेपाल मकाउका उपाध्यक्ष प्रेम कुमार बिक, एनआरएन मकाउका महासचिव पूर्ण गुरुङ, सल्लहाकार राम कार्की, कार्यकारी सदस्य लक्ष्मण गुरुङ, कार्यकारी सदस्य तुलसी पौडेल, नेपाली जनसम्पर्क समिति मकाउका सहकोषाध्क्ष चन्द्र पुलामी, किरात याक्थुंग चुम्लुंगका सचिव रुपेश आङ्ग्बो, तामांग घेदुङ्गका प्रतिनिधि प्रेम तामांग, कि राय मकाउका सल्लाहकार कुमार राई, मण्डेलाका संचालक दीपक कमल क्षेत्री, ग्यालेक्सी जापानीज रेष्टुरेन्टका मेनेजेर जुनु थापा रहेका थिए । सोही अवसरमा प्रजुन कुमार अधिकारी, कृष्ण अधिकारी, राजन खत्री लगायतका अतिथिहरुले छोटो शुभकामना मन्तब्य राख्दै नेपालमा महिला हिंसाका घटना बढ्दै गएकोमा चिन्ता ब्यक्त गरे ।

कार्यक्रममा केहि बिदेशी नागरिकहरुको पनि उपस्थिति रहेको थियो । प्रतिकुल मौषमका बाबजुत पनि मकाउमा रहेका नेपाली चेलीहरुको उल्लेखनीय उपस्थितिमा सुशिला राई र सिर्जना योञ्जनको डान्सले कार्यक्रम निकै रोचक बन्न पुग्यो । साथै बिरेन वाइबाको उद्घोषकमा झनै रोचको थपिएको थियो ।कार्यक्रम सफल बनाउन विभिन्न सस्थाका प्रतिनिधि तथा कम्पनीमा कार्यरत व्यक्तित्वहरुबाट आर्थिक सहयोग पनि जुटेको र कार्यक्रम निकै भब्य र सम्य रुपमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *