एनसेल टावरमा आक्रमण हुँदा विदेशी लगानीकर्ता त्रसितः सभापति साह

बुटवल– सार्वजनिक लेखा समितिका सभापति भरत कुमार साहले पछिल्लो समय लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिलाउन नसक्दा देशमा लगानी भित्रन नसकेको बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आइतवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति साहले एनसेलका टावरहरुमा बिष्फोट गरिनुले लगानीकर्ता त्रसित भएको बताए । उनले यस्ता गतिविधिले बहुराष्ट्रिय कम्पनी त्रासित वन्ने र नेपालमा लगानी भित्रन नसक्ने बताए ।

एनसेलका कम्पनीलाई लाभकर तिराउन राज्य कुनै पनि हाललमा चुक्न नहुने पनि साहले बताए । उनले संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई संविधानको बर्खिलाप हुने गरी संघ मातहत राखेर प्रदेशका सरकार तथा मुख्यमन्त्रीलाई शक्तिविहीन बनाउने काम गरिएको टिप्पणी गरे ।

संविधानमा शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशको मातहतमा हुने व्यवस्था भएपनि संघीय सरकारले जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको प्रमुख जिल्ला अधिकारीलाई संघ मातहत राखेर प्रदेशलाई शक्तिबिहीन बनाएको बताएको बताए ।

संघीय संसदमा प्रस्तुत हुन लागेको सञ्चार बिधेयकमा पनि पत्रकारलाई कस्ने गरी कानुन तर्जुमा गरिएको उल्लेख गर्दै उनले यस्तो विधेयक पारित भएमा पत्रकारले स्वतन्त्र रुपमा काम गर्न नसक्ने अवस्था आउने बताए ।

उनले वाइडवडी अनियमितता कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको बताउँदै तत्काल कारवाहीका लागि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *