लन्डन । लोक गायिका अनु गुरुङ बेलायतमा बस्ने नेपालीबासीको माया बटुलेर आज फर्कीएकी छिन् ।
बेलायतमा आउँन पाउँदा एकदमै खुसी लागेको बताउँदै गायिका अनुले बेलायतमा बस्ने नेपालीबासीको मायाले निकै उत्साहीत बनाएको बताइन् ।
पश्चिमको सालै जो, लोक गीत र तीजका गितमा राम्रो चर्चा पाउने गरेकी गायिका गुरुङ करिव तीन साताको बसाई सकेर आज फर्किएकी हुन । बेलायत रहँदा तमुर्धी यूकेलगायत बेलायतबासी नेपालीको अथावा माया बटुलेर आफू स्वेदश फर्किन लागेको लन्डन नेपाल न्यूज डटकमको लागि शिव भण्डारीसँगको कुराकानीमा बताइन् । गायिका लाई बेलायतका गुल्मेलीले भब्य रुपमा सम्मान गरेका थिए ।
गुल्मी जिल्ला समाज यूके र एनआरएन यूकेलगायत संघसंस्थाले सम्मान गरेका थिए । गुल्मी जिल्ला समाज यूके अध्यक्ष राम गलामी र एनआरएन बेलायतका अध्यक्ष योगकुमार फगामीले गायिका गुरुङलाई सम्मान गरेका हुन ।
तमु धि यूकेको निमन्त्रणमा ल्होछार कार्यक्रम बेलायतमा आएकी गायिका अनु गुरुङ विगत एक दसकदेखि सांगितीक क्षेत्रमा क्रियाशील छिन् । उनी गुल्मी जिल्लाबासीसमेत हुन ।
त्यस्तै तमु धिं लन्डन एकाईका सल्लाहकार डेविट गुरुङले प्रवासमा आएर सांगितीक प्रस्तुती दिने कलाकारहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
डिसेम्बर ३० मा रेडिङमा तमुधिं यूकेले आयोजना गरेको कार्यक्रममा डाकिएको भए पनि अनु केही प्राविधिक कारण ढिला गरी लन्डत्र उत्रेकी हुन् ।






