एनआरएनए जापाले १५ औं बर्षगाठमा बनभोज कार्यक्रम गर्ने

जापान -एनआरएन जापानले १५ औं बर्षमा प्रवेश गरेको उपलक्षमा वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । फ्रेवरी ११ तारिक बनभोज कार्यक्रम गरि ऐतीहासीक रुपमा बर्षगाठ मनाइने भएको हो ।

महिला उपाध्यक्ष अनिता गुरुङ , कोषाध्यक्ष कालिका थापा र महिला संयोजक सबिता श्रेष्ठको संयोजकत्वमा १५ औं बर्षगाठ बनभोज आयोजना गरि मनाउने निर्णय गरेको छ।

बनभोज कार्यक्रम योकोहामा सि तोचुका कु सिमोकुरातामाचि १६२७ मा आयोजना गरिने छ। जसमा महिलाहरुको लागि प्रवेश शुल्क २,५०० र पुरुप हरुको लागि प्रवेश शुल्क ३,००० तय गरिएको जनाइएको छ । कार्यक्रम बाट बचत रकम अन्तराष्ट्रिय महिला फुटवल र एनआरएनए जापानको राहतकोषको लागि रहने अध्यक्ष टासि वाङदी लामाले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *