लण्डन । नेपाली चलचित्र प्रसाद अल्डरसटको प्रिन्सेस हलमा प्रदर्शन हुने भएको छ ।
विपिन कार्की र नम्रता श्रेष्ठ अभिनित फिल्म ‘प्रसाद’ यूकेमा प्रथम सो प्रदर्शन हुने भएको हो । प्रसादको प्रबर्द्धनमा अभिनेत्री नम्रता नै बेलायत आउने कार्यक्रम रहेको छ ।
एक सातादेखि नेपालभर एकसाथ प्रदर्शन भइरहेको प्रसादलाई बेलायतमा आयोजक समूह ह्याब अ मोमेन्टको टिम सहित लेक्स लिम्बू समुहले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । फिल्मलाई बेलायतमा प्रस्तुत गर्न लागेका आयोजकमध्ये एक नविन गुरुङले प्रसादको पहिलो शो १२ जनवरीमा प्रिन्सेस हल अल्डरसटमा हुने जानकारी दिए । त्यसपछि ह्यारो, प्लमस्टिडलगायतका सहरमा पनि प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
उक्त दिन चलचित्र हेर्न चाहने दर्शकलाई अग्रिम लिंदा १२ पाउण्डको टिकट लाग्नेछ भने शोकै दिन ढोकामा लिंदा १५ पाउण्ड लाग्नेछ ।
१२ जनवरीमा प्रिन्सेस हल अल्डरसटमा हुने प्रिमियर शोमा अभिनेत्री नम्रता श्रेष्ठको साथमा प्रसाद सो हेरेर मनोरंजन लिन आयोजकले अपिल गरेका छन् ।






