
काठमाडौ, चैत १ – नेपालीको लागि एकताको धुन बनोस् भन्दै गीतकार प्रदीप खतिवडाले राष्ट्रिय भावना समेटिएको गीत मेरो देश मेरो गौरव सार्वजनिक गरेका छन् ।
प्रमोद निर्वानले कम्पोज र एरेन्ज गरेको यस गीतमा नविन के भट्टर्राई, सुगम पोखरेल, मिङ्मा शेर्पा, निर्णय श्रेष्ठ, विजय लामा, प्रमोद निर्वाण, नलिना चित्रकार, मौसमी गुरुङ, रेश्मा सुनुवार, सनुप पौड्याल , डम्बर नेपाली, भरत सिटौला, धर्मेन्द्र सेवन, उदेश श्रेष्ठलगायतका कलाकारहरुले स्वर दिएका छन् ।
म्युजिक नेपालको युट्युव च्यानलमार्फ विहीबार गीत सार्वजनिक गरिएको हो ।
भिडियोमा हिमाल, पहाड र तर्राईको विशेषता झल्काउन खोजिएको छ ।
गीतकार प्रदीप खतिवडाले नेपाली नेपाली वीचको एकतालाई प्रर्बद्धन गीत लेखेको बताए ।
गीतलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।






