बेलायतमा गैरेले सुरु गरे मोर्गेज सम्बन्धी सेवा

लन्डन । बेलायतमा मोर्गेज सम्बन्धी सहज रुपमा सेवा दिन सनराइराज फाइनान्सियलले नया सेवा शुरु गरेको छ ।
विगत केहि वर्षदेखि बेलायती कम्पनीहरुमा आबद्ध रहेर मोर्गेज एण्ड प्रोटेक्सन एड्भाइजरका रुपमा कार्यरत प्रेम गैरेले ‘सनराइज फाइनान्सियल सोलुसन्स’ नामक नयाँ कम्पनी स्थापना गरेका हुन् ।
डिसेम्बरको पहिलो सातादेखि सनराइजले सेवा सुरु गरिसकेको छ । शाखालाई बेलायतभर विस्तार गर्ने कम्पनीको योजना छ । सनराइराज फाइनान्सियल सोलुसन्स्ले मोर्गेज र इन्सुरेन्ससम्बन्धी सेवाहरु उपलब्ध गराउने कम्पनीका निर्देशक तथा मोर्गेज एण्ड प्रोटेक्सन एड्भाइजर प्रेम गैरेले  लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी सँगको टेलिफोन कुराकानीमा  जानकारी दिए ।
बेलायतस्थित नेपाली समुदायसंग निकै नजिक रहेर काम गरेका गैरेले यस अवधिमा बेलायतका विभिन्न स्थानमा पुगेर नेपालीहरुका लागि निशुल्क वित्तीय सचेतना कार्यक्रम पनि सञ्चालन गरेका थिए । लण्डन, स्कटल्याण्ड, बर्मिगहम, वुल्भरयाम्पटन लगायतका कैयौं ठाउंमा गैरेले गरेका त्यस्ता सचेतना कार्यक्रममा स्थानीय सयौं नेपालीहरुले भाग लिएका थिए ।
साथै, लण्डनस्थित मोन्टेगोमेरी पल लिमिटेड नामक बेलायती कम्पनीसंगको सहकार्यमा विल्स, पेन्सन, स्टेट प्लानिङ लगायतका वित्तीय सेवाहरु उपलब्ध गराइने छ । सन्राइज फाइनान्सियल सोलुसन्सलाई समुदायमै केन्द्रित सेवामुलक व्यवसायका रुपमा अघि बढाउने गैरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *