‘विवादास्पद युनिभर्सल पिस फेडेरेशनको कार्यक्रममा सरकार सहभागी हुनु आपत्तिजनक’

k|wfgdGqL cf]nL –Plzof k|zfGt ;Dd]ng ;Daf]wg k|wfgdGqL s]kL zdf{ cf]nL /fhwfgLdf zlgaf/ …Plzof k|zfGt lzv/ ;Dd]ng–@)!*Ú sf] pb3f6g ;qdf ;Daf]wg ub}{ . tl:a/M k|bLk/fh jGt, /f;;

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले विवादास्पद युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ति जनाएका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा काँग्रेस नेता विश्वकर्माले विवादित संस्था यूपीएफले आयोजना गरेको एशीया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली आफैं सहभागी भएबाट नेपाल सरकार विश्वमै दृष्टिकोणविहिन सरकारको रुपमा परिचित भएको दावी समेत गरे ।

यूपिएफ जस्तो कर छलीलगायतका आरोपमा फसेको संस्थालाई नेपालमा कार्यक्रम गर्न लगाएर सरकारले दुई छिमेकी मुलुक भारत र चीन तथा विश्वका कूटनीतिक महत्व राख्ने विभिन्न मुलुकहरुको नेपालप्रतिको विश्वासलाई समेत टुटाएको काँग्रेस नेता विश्वकर्माको तर्क छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले पनि विवादास्पद कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री केपी ओलीले गल्ती गरेको दावी दिए ।

धर्म निरपेक्ष राष्ट्रको सरकार कुनै एउटा धर्मको प्रचारमा सहभागी हुनु र त्यसमा खर्च गर्नु संविधान विरोधी काम भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले क्रिष्चियन धर्म प्रचार संस्थाले आयोजना गरेको कार्यक्रममा राज्य संयन्त्रको परिचालन हुनु आपत्तिजनक रहेको बताए ।
उनले यो घटनाले मुलुकमा जातीय द्वन्द्व निम्त्याउन सक्नेतर्फ पनि सचेत गराए । प्रधानमन्त्री ओली सो कार्यक्रममा सहभागी भएकोमा अध्यक्ष राणाको आक्रोश छ ।

अध्यक्ष राणाले द्वन्द्वको चपेटाबाट भर्खरै मुक्त भएको मुलुकमा पुन जातीय द्वन्द्व ल्याउने गरी सरकार एसिया प्यासिफिल समिटमा सहभागी भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *