- शिव भण्डारी
लन्डन । मिसेस नेपाल यूके २०१८ को ताज कसले पहिरेला ? ‘मिसेस नेपाल यूके’ को दोश्रो संस्करण नजिकिंदै गर्दा प्रतिष्पर्धीहरु प्रशिक्षणमा व्यस्त छन् । उपाधिका लागि १३ सुन्दरी प्रतिस्पर्धामा छन्।
आगामी २४ अक्टोबर सांझ हयारो बरो फुटबल क्लवमा हुने कार्यक्रमको तयारी तिब्र रुपमा अगाडी बढ्दै गरेको आयोजक लन्डन फेशन हाउसकी निर्देशक मनिशा डंगोल (श्रेष्ठ) ले लन्डन नेपाल न्युज संगको सम्बादमा बताइन।
‘पब्लिक च्वाइस’ का लागि प्रतिष्पर्धीहरु अहिले लन्डन फेसन हाउसको फेसबुक पेजमा लाइक, सेयर र कमेन्ट्स बटुल्न जुटिरहेका छन् । प्रतियोगितामा भाग लिन बेलायतको विभिन्न शहरबाट प्रतियोगीहरुले ‘अडिसन’ चरण पार गरेका थिए ।
प्रतियोगिता संयोजक एवं मिसेस नेपाल यूके ०१७ आस्था जोशीले प्रतियोगीहरु नर्सिङ, सेफ, होटल म्यानेजमेन्ट लगायत क्षेत्रबाट आएका जनाइन् । व्यक्तिगत विकास र प्रशिक्षण पनि जारी रहेको संयोजक आस्थाले जनाइन् । यस्तो प्रशिक्षणले प्रतियोगीहरुको आत्मविश्वास बढेको आयोजकको दावी छ ।
प्रतियोगीहरुले बकिङहम प्यालेसको अवलोकन भ्रमण गरे भने पण्डित चिरन्जिवी ढकालबाट धार्मिक प्रवचन समेत लिएका छन् । प्रतियोगीलाई मिसेस नेपाल युनिभर्स २०१८ एवं आयोजक मनिषा डंगोल श्रेष्ठले ग्रुमिङ, रोजिहिरा फाउण्डेसन यूकेकी अध्यक्ष रोजिना प्रधान राईले फिटनेस, ब्युटीसियन विजेता श्रेष्ठले हेयर एण्ड मेकअप र हस्पिटालिटी ट्रेनिङ सेलिब्रेटी सेफ विनोद बरालले दिइरहेका छन् ।
बेलायतमा दोश्रोपटक आयोजना गरिएको प्रतियोगितामा विवाहित महिलाहरुको प्रतिभा उजागर र उनीहरु घरमा मात्र होइन, समाजमा समेत आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने दर्शाउन कार्यक्रम गरिएको आयोजक लन्डन फेशन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठको भनाइ छ ।
यी हुन् ‘मिसेस नेपाल यूके’को ताज पहिर्याउने प्रतिस्पर्धीहरु परिचय र भिडियो हर्नुहोस
यी हुन् ‘मिसेस नेपाल यूके’को २०१७ का प्रतिस्पर्धीहरु
https://www.facebook.com/londonnepalnews/videos/1288396661278859/?t=37






