लण्डन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन आजसम्म हुन नसकेको बिषयलाई गम्भीर रुपमा लीयर नेपाली राजदुतासका महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदी मार्फत नेपाल सरकारका गृहमन्त्रीको ध्यानाकर्षण गराउदै लण्डनमा ज्ञापनपत्र बुझाइयको छ।एनआरएन युकेकी उपाध्यक्ष पुनम गुरुड्गको नेतृत्वमा दुतावास पुगेको टोलीले महामहीम राजदुत डा दुर्गा बहादुर सुबेदीलाइ गृहमन्त्रीलाई लेखेको ज्ञापनपत्र पढेर सुनाउदै नागरीकको बाच्न पाउने अधीकारको सुनिश्चीत गर्दै अपराधीको छिटो पहिचान गरी कानुन बमोजीम कडा सजाय र देशमा शान्ती सुरक्षा बहाल गर्न भनियको छ ।
एनआरएन युकेकी उपाध्यक्ष पुनम गुरुड्गको नेतृत्वमा गयको टोलीमा तामाड्ग समाज युकेकी अध्यक्ष अन्जु तामाड्ग, फोनीज युकेकी अध्यक्ष प्रमीला लावुड्ग राई, एसीयन महिला एसोसीयसन युकेकी अध्यक्ष अमीता बेलबासे, ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलबासे, किरात राई यायोख्या युकेकि सल्लाहाकार क्षेत्रकला राई,श्रीमती गंगा रेग्मी, फोटो पत्रकार मीलन तमु गुरुड्ग, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी र अन्य महानुभावहरुको उपस्थीती थियो ।
महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदीले ज्ञापनपत्र बुझ्दै न्यायका लागी प्रेषित ज्ञापनपत्र छिटो भन्दा छिटो सम्बन्धीत निकायमा पुर्याउने र न्यायका पक्षमा लाग्ने बचन दिनु भयको थियो ।
नेपालमा गठित उच्चस्तरीय समितिले शंकाको सबै पक्षलाई हेरीरहेको कुरा गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ- ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।’ समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको विश्लेषण गरेको छ ।






