वजन एक ट्रक बराबर , वर्षैदेखि घरभित्र मात्रै

यी तीन भाइ–बहिनीको वजन मिलाएर करिव ९०७ किलोग्राम छ। अर्थात एउटा मिनी ट्रक बराबर। यो भयानक मोटोपनाको कारण हो एउटा सानो गल्ती। जुन गल्ती हामी दैनिक जसो गर्छौं। भोक मेटाउनु अत्याधिक खाना खाएका कारण यस्तो भएको बताइन्छ। खाना खाने पनि यो कस्तो लत हो जसका कारण शरीरको वजन नै एउटा कार भन्दा धेरै होस्।

अझ रमाइलो त के भने यसरी धेरै खाना खाइयको भने आफूको निधन चाँडै हुन्छ भन्ने पनि उनीहरुलाई थाहा छ। तै पनि खानामाथि उनीहरुले नियन्त्रण गर्दैनन्।

यो भयानक मोटोपनाका कारण ४९ वर्षीया चिटोका, ३० वर्षीया नाओमी र ४३ वर्षीय ड्रु स्टुअर्ट तीन वर्षदेखि घर बाहिर निस्किएका छैनन्।
केही अगाडि एक न्युज च्यानलले यी तीन जनामाथि एउटा डकुमेन्ट्री बनाएको थिया। यो डकुमेन्ट्रीमा धेरै मोटोपनाका कारण तीन जनाको जीवन कसरी बितिरहेको छ भन्ने देखाइएको छ। डकुमेन्ट्रीमा उनीहरुले बताए अनुसार अत्याधिक मोटोपनाका कारण सामान्य कारमा उनीहरु बस्न सक्दैनन्। धेरै वजनका कारण वर्षौंदेखि घुम्न छोडेका छन्।

यी तीन जनामध्ये सबैभन्दा धेरै मोटा ४३ वर्षीय स्टुअर्ट छन्। उनको वजन३०४ किलो छ। उनी दिनभरमा दर्जनौं पिज्जा खान्छन्। अहिले उनले के बुझेका छन् भने आफ्नो धेरै खाने बानीले आफू चाँडै मृत्युको मुखमा पुग्छु। उनले विगतमा आफूहरुले जीवनमाथि ठूलो खेलवाड गरेको बताए। र अब आफूहरुले चाँडै केही न केही फैसला गर्ने बताए।

तीनै जनाले आफूमाथि नियन्त्रण गर्न एक निजी डाक्टरको सल्लाह लिन पनि सुरु गरेका छन्। डाक्टर चाल्र्स प्राक्टरका अनुसार तीनै जनाले आफ्नो जीवन दाउमा लगाएका छन्। उनीहरुलाई अस्वस्थ खाना खाएर मृत्युको मुखमा पुगेको थाहा नै नभएको उनले बताए। उनीहरुको सर्जरी नगर्ने हो भने जतिबेला पनि निधन हुन सक्ने डाक्टरले चेतावनी दिएका छन्। पूरै परिवार अब वेट लस सर्जरी गराउने तयारीमा छ एजेन्सी।