पत्रकार महासंघ बेलायतको दोस्रो पूर्ण बैठक:विभिन्न एजेन्डा उपर छलफल

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको दोस्रो पूर्ण बैठकमा विभिन्न एजेन्डामा छलफल भएको छ । बेलायतको दोस्रो पूर्ण बैठकमा सदस्यता सुद्धिकरण, खुसी लिम्बुबाट प्राप्त स्पष्टिकरणका सम्बन्धमा, आगामी कार्ययोजना, कार्यक्रममा संस्थागत सहभागिता, त्यससँग सम्बन्धित आलेख बारे, केन्द्रीय समितिबाट प्राप्त अनुरोध बारे र विविध एजेन्डामा छलफल भएको हो ।
बैठकमा बेलायत शाखाका अध्यक्ष तथा पदाधिकारी एवं सबै कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो । मन्टी रेष्टुरेन्टमा भएको बैठकमा अतिथिका रुपमा भगीरथ योगी,नवीन
 पोखरेल, विपीन निरौला लगायत सहभागि थिए । बैठकको संचालन महासचिव संजय भक्त कडेलले सञ्चालन गरेका थिए ।
लन्डन स्थित इलिंग्ग मन्टीज रेष्टुरेन्टको सभाहलमा सो बैठक भएको हो ।