शिव भण्डारी /लन्डन
कुनै पनि ब्यक्तिको क्षमता त्यती बेला थाहा हुन्छ जतिबेला त्यो ब्यक्तिले काम गरेर ब्यवहारमै उर्ताछ भनेझै एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य एनआरएनमा सफल पात्र बन्नुभएको छ । एनआरएन यूके हुँदै यूरोपमा आफनो क्षमता प्रदर्शन गर्दै आउनुभएको कुल आचार्यले आइसिसीमा पनि आफनो क्षमता ब्यवहारमै प्रदर्शन गरेर देखाउनुभएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएन) को लगानीमा निर्माणधीन शख्खमूल पार्कको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आचार्यले आफनो जिम्मेवारी पूरा गर्नुभएको हो । आचार्यले देखाउनुभएको यो नेतृत्व क्षमताले उहाँको भावी आइसिसीमा नेतृत्व दावी गर्ने ठाउँलाई मार्ग निर्देश गरेको कतीपयले टिप्पणीसमेत गर्न भ्याएका छन् ।
काठमाडौं र ललितपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने बाग्मती नदी किनारको ३२ रोपनी क्षेत्रफलमा निर्माण थालीएको पार्क तयार गरेर एनआरएन डे मा हस्तान्तरण हुँदैछ । आचार्य सो पार्कको संयोजक थिए । पार्क निर्माण कार्य सम्पन्न भएपछि अब एनआरएन डे मा हस्तान्तरण हुने सुनिश्चित भएको छ । पार्क अबको ६ नदिपछि हस्तान्तरण हुनेछ ।
एनआरएन डे यही अक्टोवर ११ अर्थात असोज २५ गते नेपाल सरकारलाई हस्तान्तरण हुनेछ । एनआरएन आइसिसी उपाध्यक्ष एवं शंख्खमुल पार्क परियोजना समितिका संयोजक कुल आचार्यले दुख सुखका बाबजुत पार्कको निर्माण कार्य सम्पन्न भएको बताए । संयोजक आर्चायका अनुसार पार्क करिव ३ करोड लागतमा निर्माण भएको छ ।
पार्क निर्माण का लागि आवश्यक अपुग रकमको लागि चन्दा उठाउने कार्यसमेत जारी राखिएको संयोजक आचार्यले जानकारी गराए । ‘सम्पूर्ण संरक्षक, सल्लाहकार, पदाधिकारी, आइसिसी, एनसिसी र सम्पूर्ण गैरआवासीय नेपालीमा ५ अक्टोवरसम्म सहयोग गर्नेको नाम पार्कभित्रको मार्बलमा लेखिने भन्दै आह्रवान गरेको थियो, यो आह्रवान गरेपछि पनि चन्दा संकलन भएको छ’ , संयोजक आचार्यले लन्डन नेपाल न्यूज डटकमसँग कुराकानी गर्दे भने ।
संयोजक आचार्यले सहयोग गर्नुहुने चन्ददाताको नाम पार्कभित्रको मार्वलमा लेख्न मिल्ने गरि पार्क निर्माण गरिएको बताए । पार्कको सम्पूर्ण तयारी पूरा भएपछि भोली सरसफाई राखिएको छ । एनआरएन डे अर्थात असोज २५ गते हरेक वर्षजस्तै पशुपति र बौद्ध भिजिटलगत्तै शंख्खमूल पार्कको औपचारिक हस्तान्तरण हुनेछ । जसका लागि नेपाल सरकारको तर्फबाट शहरी विकास मन्त्री राईले उद्घाटन गर्नेछन् ।






