जन्मदिनको शुभकामना दिन राष्ट्रपति भण्डारी राष्ट्रकवि घिमिरे निवासमा

काठमाडौँ- राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय वर्ष पुगेका छन् ।

राष्ट्रकवि घिमिरे सय वर्ष पुगेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मोत्सवको शुभकामना दिएकी छन् ।

आज विहान राष्ट्रकवि निवास लैनचौर पुगेर राष्ट्रपति भण्डारीले उनलाई बधाई दिँदै उपहार प्रदान गरेकी छन् ।

यसैवीच आज घिमिरे सय वर्ष पुगेको अवसरमा घिमिरे विवासमा विशेष पूजा अर्चना गरिएको छ ।

१९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सयौं जन्मोत्सवका अवसरमा आगामी १३ गते रथयात्रा हुँदैछ ।