अख्तियार प्रमुखका लागि नवीकुमार घिमिरेको संसदीय सुनुवाई हुँदै

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि आज नवीनकुमार घिमिरेमाथि संसदीय सुनुवाई हुँदैछ ।

आयोगका प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई संसद सचिवालय संसदीय सुनुवाईका लागि दिउसो १ बजे सार्वजनिक लेखा समितिको हलमा बोलाइएको महासचिव मनोहर प्रसाद भट्टराईले जनाएका छन् ।

संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा घिमिरेले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने छन् ।