शिब भण्डारीको नेतृत्वमा पिटरवोरो समाजको नयाँ कार्यसमिति चयन

-केशव भण्डारी

पिटरबरो । पिटरबरो नेपाली समाज युकेको अध्यक्षमा शिव भण्डारी निर्विरोध चयन भएका छन् । समाजको सोमवार नेने पार्कमा सम्पन्न सातौ अधिवेशनले समाजको आगामी दुई वर्षका लागि शीव भण्डारीको अध्यक्षमा निर्विरोध सातौ कार्यसमिति चयन गरी सम्पन्न भएको हो ।

कार्यसमितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा रवि आचार्य र ध्रुव धिताल, महासचिवमा हरिहर भट्टराई,सचिवमा संगिता कोईराला, कोषाध्य़क्षमा शुदर्शन पराजुली,सहकोषाध्य़मा प्रविण भण्डारी हुनुहुन्छ । यस्तै कार्यसमिति सदस्यहरूमा मनिष आचार्य, भीम खनाल,उपेन्द्र श्रेष्ठ,अर्चना भण्डारी,बसन्ती भुसाल, लव शर्मा, राहुल विरेन मुल्मी, दिवाकर सुवेदी, नारायण भण्डारी र सन्तोष पौडेल रहनु भएको छ।

पिटरवोरो नेपाली समाजका निर्वतमान अध्यक्ष पवन शर्माको सभापतित्व र निवर्तमान महासचिव नृपेश उप्रेतीले संचालन गरेको सधारणसभामा महासचिव र कोषाध्यक्षले प्रस्तुत गर्नु भएका वार्पिक प्रतिवेदन सभाले पास गरेको थियो ।

सधारणसभामा सदस्यहरूको जिज्ञासहरूको जवाफ अध्य़क्ष पवन शर्मा, महासचिव नृपेश उप्रेती र कोषाध्य़क्ष विष्णु थापाले दिनु भएको थियो । सधारणसभाले आगामी दुईवर्षका लागि पिटरवोरो नेपाली समाजको ट्रस्टीमा पवन शर्मा, किरण कार्की, महेश अधिकारी, केशव भण्डारी, सीएम खरेल, रामबाबु कोईराला र शीव भण्डारीलाई चयन गरेको छ ।

पिटरवोरो नेपाली समाजको सातौ कार्यसमितिको निर्वाचनलागि समजका पूर्व अध्यक्षहरू महेश अधिकारी निर्वाचन संयोजक र केशव भण्डारी सह संयोजक रहनेगरी समाजका सल्लाहाकार सीएम खरेल र बावुराम धिताल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

पिटरवोरोको नेने पार्क हलमा सम्पन्न सातौ अधिवेशनमा नेपालबाट आउनु भएका अथिति लोकनाथ पाण्डे, पत्रकार चिरन शर्मा, पूर्व अध्यक्षहरू किरण कार्की, महेश अधिकारी, केशव भण्डारीले नयाँ कार्यसमितिलाई सफलताको कामना दिदै निवर्तमान कार्यसमितिलाई सफल कार्यकालको सागि धन्यवाद दिनु भएको थियो ।

निवर्तमान अध्यक्ष पवन शर्माले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै नयॉ कार्यसमितिको सफलताको कामना गर्नुभयो । नव निर्वाचन अध्यक्ष शीव भण्डारीले समाजका सबै सदस्यहरूलाई आफूलाई जिम्मेवार सुम्पेकोमा आभार प्रकट गर्दै आफ्नो कार्यसमितिले गर्ने कार्यको जानकारी गराउनु दिनुभयो ।

नवनिर्वाचित पदाधिकारी एंव सदस्यहरूलाई निर्वाचन समितिका संयोजक महेश अधिकारीले प्रमाणपत्र प्रदान गर्दै पदको सपथग्रहण गराउनु भएको थियो । साधारणसभापछि पिटरवोरो र वरपरका नेपालीवासीले पिटरवोरो नेनेपार्कमा विविक्यू पार्टी गरी आपसमा रमाइलो साटासाट गरिएको थियो ।