सुरेश दर्पणले अमेरिकामै नचाए,असिस्मा र लक्ष्मी दुबैलाई…!! (भिडियो सहित)

अमेरिका, हिन्दुनारीहरुको महानचाड हरितालिका तिज नजिकिंदै गर्दा नेपाली सांगितिक क्षेत्रमा नयां नयां कोशेलिहरु आऊने क्रम जारिछ। यसै क्रममा निशाना, भुल भए माफ गर, मिस यू, थ्री लभर्स लगायत आधा दर्जन जति नेपाली कथानक चलचित्र निर्देशन गरिसकेका निर्देशक एबं संचारकर्मी सुरेश दर्पण पोखरेलले गायिका लक्ष्मी खरेल थापाको जिवनकै पहिलो रेकर्डेड गीत ‘सितारा भरेको सारीमा…’ को म्युजिक भिडियो खरेलको ‘जन्मदीनको उपहार’ स्वरुप बजारमा ल्याएका छन् । नेपाली नारीहरुको महान चाड तीजको परिपेक्ष्यमा बनाइएको यो गीतमा नरेन्द्र प्यासीको संगित, बिमला अधिकारी देवकोटाको शब्द तथा रिमा रेको नृत्य रहेकोछ ।
नेपाली चलचित्र जगतकी चर्चित नायिका असिस्मा नकर्मिले कम्मर भांचेर नाचेको यो भिडियोका छायांकार तथा संपादक अनुप गिरी रहेका छन् भने भिडियोको निर्माण अमेरिकामै रहेको भिडियो निर्माण कम्पनी mAyA ले गरेको हो । भिडियोमा नायिका असिस्माको साथमा गायिका स्वयंम खरेलले पनि निकैनै आकर्षक प्रस्तुती दिएकी छन् । अमेरिकामै बसोबास गर्दै आईरहेका केहि दिदी बहिनीहरुलाई पनि सितारा भरेको सारी लगाएर छम्छमी नचाईएको सो भिडियोमा निर्देशक दर्पणले कलाकारको प्रस्तुति एवंम् क्यामराको मुभमेम्टमा निकै ध्यान दिएको देखिन्छ । बिगत केहि बर्ष देखि अमेरिका बसोबास गर्दै आईरहेका निर्देशक सुरेश दर्पण पोखरेल बिदेशमा नै रहेपनि आफ्नै कर्मक्षेत्रलाई नै निरन्तरता दिंदै आईरहेका छन् । भुकम्पका बेलामा ग्रसित ब्यक्तिहरुको लागि घर तथा स्कुल निर्माण, कलाकारहरु बिरामि पर्दा उपचारकोलागी आर्थिक संकलन, चलचित्र क्षेत्रको कुरितिको बिरुद्द चर्को आवाज उठाउन समेत पछि नहट्ने दर्पण चलचित्र सेन्सर बोर्ड, चलचित्र बिकास बोर्ड जस्ता संस्थाहरुमा आफ्नो पदिय जिम्मेवारी लिइसकेका छन् भने नेपाल चलचित्र निर्माता संघ र चलिचित्र निर्देशक समाजमा सचिब जस्तो जिम्मेबार कार्यकाल पुरा गरिसकेका छन् ।

नव गायिका लक्ष्मी खरेल थापाको गायन यात्राले शिखर चुमोस्, साथै उहांको जन्मदीनको अवसरमा सुस्वास्थ र दिर्घायुको लागी समेत हार्दिक शुभकामना..!!

भिडियोः- सितारा भरेको सारीमा….!!

https://youtu.be/M7DYyQ8P-C4