कवितालाई मिस तामाङको उपाधि

लन्डन । मिस तामाङको उपाधि कविता तामाङले जितेकी छिन् । रामेछापकी कविता बैदाम तामाङ सेवा समाजले २८५४औँ सोनाम ल्होसारको अवसर पारी पोखरामा आयोजना गरेको पाँचौँ संस्करणको प्रतियोगिताको फाइनलमा १५ प्रतिस्पर्धीलाई पछि पारेर उपाधि जित्न सफल भएकी हुन ।

कविताले मिस ट्यालेन्टको उपाधि र नगद ३० हजार पुरस्कार प्राप्त गरेकी छिन् । प्रतियोगितामा काठमाडौँ स्वयम्भूकी सुस्मिता गोले तामाङ फस्र्ट रनरअप भइन् । उनले २० हजार पुरस्कार पाइन् । त्यसैगरी, सेकेन्ड रनरअप विजेता पोखरा लेकसाइडकी अमिता लामाले १५ हजार नगद पाइन् । सुस्मिताले पब्लिक च्वाइस र मिस कन्फिडेन्ट तथा अमिताले सेकेन्ड रनर अप र फोटो जेनिकको उपउपाधि जितेकी थिइन् ।