एनआरएन मध्य पूर्वको सम्मेलन तयारी पूरा

लन्डन । गैर आवासीय नेपाली संघ मध्य पूर्वको क्षेत्रिय सम्मेलनको तयारी पूरा भएको छ । आयोजक समितिका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको हो । सम्मेलनले छलफलका विषय तय गर्दै तयारी पूरा भएको जनाएको हो ।

मध्य पूर्व क्षेत्रिय संयोजक आरके शर्माका अनुसार सम्मेलनको लागि १२ वटा देशबाट एनसिसी प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलन नेपाल सरकारको तर्फबाट खानेपानी मन्त्री बीना मगरले उद्घाटन गर्ने तय भइसकेको छ ।

पूर्वश्रममन्त्री रमेश लेखक, श्रम मन्त्रालयका उच्च अधिकारीलगायत एनआएनएका प्रतिनिधिको सहभागिता रहनेछ । साथै एनआरएन पूर्व अध्यक्ष उपेन्द्र महत्तो, अध्यक्ष भवन भट्ट र उपाध्यक्ष कुमार पन्तलगायतको सहभागिता रहनेछ ।

सम्मेलनमा विशेष गरि वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण र निःशुल्क टिकट तथा प्रवेशाज्ञाको कार्यान्वयन विषयमा गम्भिर छलफन गर्ने बताइएको छ । यही अगस्ट २३, २४ र २५ गरि सम्मेलन युएईको दुवईमा तीन दिनसम्म हुनेछ ।