बाचस्पति रेग्मी,
लण्डन । पाल्पा जिल्लाबाट बेलायत आएर बसोबास गरेका पाल्पालीहरुले गत शनिबार आफ्नो वार्षिक भेला सम्पन्न गरेका छन् । पाल्पाली भञ्ज्याङ यूकेले आफ्नो वार्षिक भेलामा बेलायतमा रहेका चेलीबेटीहरुलाई समेत विशेष निमन्त्रणा गरेको थियो ।
बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी प्रमुख अतिथी रहेको कार्यक्रम लण्डनको फेल्थामस्थित फेल्थाम स्पोर्ट्स कलेजमा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष बम बहादुर सुर्यबंसी मगरको अध्यक्षतामा भएको सो कार्यक्रमलाई महासचिव खेम कुंवरले सञ्चालन गरेका थिए । झण्डै ३ सय ५० जना सहभागीे कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष बाचस्पति रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी राजदुत डा सुबेदी ,बेलायती सेनामा उच्च पदमा पुग्न सफल लेफ्टीनेन्ट कर्णेलद्वय याम राना र टोल खाम्चा तथा मेजर ज्ञान ढेगाले शुभकामना मन्तव्य दिदैै पाल्पाली समाज युकेको सफलताको कामना गरेका थिए । बेलायती युनीभर्सीटीबाट विभिन्न तह उर्तीण गर्ने पाल्पालीहरुमध्ये ४ जना एमबिबीएस, ३ जना बिएस्सी नर्सिङ र एकजना मास्टर्स इन फार्मेसी पूरा गर्ने विद्यार्थीलाई राजदुत डा सुबेदीबाट सम्मान गरिएको थियो । कार्यक्रममा नेपालबाट आएका राष्ट्रीय कलाकारलाई पनि समाजले सम्मान गरेको थियो ।
लोक दोहोरी गायीका जया लक्ष्मी छन्याल पुन,लोक दोहोरी गायक बालचन्द्र बराल र लोक दोहोरी गायीका सुशिला गौतमको बेजोड प्रस्तुतिमा सांगीतिक सांझ उल्लासमय बनेको थियो । महिला संयोजक लक्ष्मी थापाले संचालन गरेको राफलमा विभिन्न ५ पुरस्कार थिए भने प्रथम पुरस्कार एक तोला सुन प्रदान गरिएको थियो ।
संरक्षक ऋषिराम राना, ब्यारिष्टर देवेन्द्र श्रेष्ठ,गोरखाली समाजका अध्यक्ष कर्ण दर्लामी मगर, संस्थाका सल्लाहाकारहरु निधीराज थापा, बिसन थापा, बिष्णु श्रेष्ठ, उपाध्यक्ष गोपाल थापा लगायत कार्यसमितिका सदस्यहरुको पनि कार्यक्रममा उपस्थिति थियो ।









