विश्व साहित्य सम्मेलनको लागि बरिष्ट साहित्यकारहरु लण्डन आइपुगे

सुरेन्द्र इङ्नाम ,

केन्ट । प्रोफेसर तुलसी दिवस र प्राडा गोविन्दराज भट्टराई विश्व साहित्य सम्मेलनको लागी शुक्रबार बेलायत आई पुगेका छन ।

विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय कमिटीले आउदो १२ अगष्ट मा बेलायतको केन्टबरी युनिभर्सिटीको सभाहलमा विश्व नेपाली साहित्य सम्मेलन गर्ने निर्णय केहि महिना अगाडी गरे अनुसार उक्त सम्मेलनको लागी प्रोफेसर तुलसी दिवस र प्राडा गोविन्दराज भट्टराई बेलायत आएका हुन ।

हिथ्रो एयरपोर्ट अवतरण पश्चात स्वागतका लागी विनेसामका केन्द्रिय अध्यक्ष बिश्वासदीप तिगेला, विनेसाम साउथ यूकेका पुर्व अध्यक्ष बिजय हितान साथै केन्द्रिय कमिटीका सचिव केदार साङ्केत एयरपोर्ट पुगेका थिए ।