बेलायतका नेपाली ईन्जिनियरले सम्पदा संरक्षणका लागी गरे, बृहत् अन्तर्क्रिया:

लन्डन– बेलायतमा रहेको नेपाली ईन्जिनियरहरुको संस्था सोसाइटी अफ नेप्लीज इन्जिनियर्स इन युकेले शनिबार लण्डनमा एक अन्तर्क्रिया आयोजना गरेको छ। । नेपालको Consulting Service Improvement, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माण, सम्भार र जीर्णोर्धार लगायतका सम्बन्धमा आफ्नो संस्थाले के कस्तो भूमिका खेल्न सक्छ भन्ने बिषयमा बिचार बिमर्श गरेको थियो ।
सो अवसरमा मल्टी-डिसिप्लिनरी (Multi-disciplinary Consultant) कन्सल्ट्यान्ट,नेपालका प्रबन्ध-निर्देशक तथा SCAEF का संस्थापक पूर्व-अध्यक्ष्य, ईन्जिनियर श्री बदनलाल न्याछ्योंको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रममा कुनैपनि योजनामा निर्धारित प्रकृयाहरुमा व्यवस्थित र जिम्मेवारी बोध नभएको कारणले गर्दा हाल नेपालमा भइरहेको निर्माण तथा विकासको कामहरु जस्तै नेपालमा रहेका विश्वसम्पदा लगायत अन्य सांस्कृतिक सम्पदालाई सम्बन्धित निकायबाट उपेक्षा गरिएको र भुकम्प-पश्चात को पुननिर्माणको प्रकृया लगायत निकै नै चुनौतीपूर्ण भएको कुरा औंल्याइएको थियो ।
संस्थाका महासचिव ईन्जिनियर उमेश पराजुलीले सन्चालन गरेको उक्त कार्यक्रम अध्यक्ष ईन्जिनियर शैलेन्द्र काजी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो। संस्थाका उपाध्यक्ष ईन्जिनियर डा. श्री विरेन्द्र श्रेष्ठले सम्पूर्ण उपस्थित ईन्जिनियरहरु तथा अतिथिहरुलाई स्वागत गर्नुभएको उक्त कार्यक्रममा श्री बदनलाल न्याछ्योंले ‘पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षण लगायतका चुनौतिहरु’ बिषयमा आफ्नो प्रस्तुति गर्नुभएको थियो ।
उहाँले विदेशमा बसोबास गरिरहेका नेपाली ईन्जिनियरहरुले आफ्नो अनुभव लाई सँगालेर नेपालको लागि सम्बन्धित बिषयमा एउटा ‘Good Practice Guidelines’ अर्थात ‘कुशल-अभ्यास दिशानिर्देश’ तयार गरी नेपालको विकाश प्रकृयामा योगदान गर्न आग्रह समेत गर्नुभयो। डिजाइन, निर्माण, पुनर्निर्माण, जीर्णोद्धार, संरक्षण, आदी प्रकृयामा व्यवस्थित डकुमेण्टेसन, जांच पड्ताल, अद्यावधिकरण तथा सही प्रमाणीकरणको अभावमा सम्पदा संरक्षण निकै चुनौतिपूर्ण रहेको कुरा पनि उहाँले बताउनुभयो ।
हाल नेपालमा भइरहेको सडक चौडा पार्ने क्रममा ऐतिहासिक सांस्कृतिक तथा पुरातात्विक सम्पदाको विनाशलाई कटाक्ष गर्दै उहाँले हामीलाई हाम्रो पुर्खाले छोडेर गएको महत्वपूर्ण धरोहरहरु मासेर सडक चौडा पार्ने शौख छैन । सडक चौडा पार्ने अनेकौं बिकल्प हुँदाहुँदै पनि संस्कृतिलाई मांस्ने काम सरकारबाटै हुँदै गरेकोमा ‘SONEUK’ जस्ता संस्थाले ‘Whistleblower’ को रुपमा आफुलाई उभ्याउनु पर्छ भन्ने बिचार पनि राख्नु भयो । यसै सन्दर्भमा बेलायतमा आफ्नो अनुभव सुनाउदै संस्थाका सल्हाकारहरु (founder chairman) ई. कृश्ण किशोर श्रेष्ठ ले नेपालमा शडक विभागमा हुँदा आफुले भोगेका कठिन अनुभव सुनाउनु भयो भने ई. राजेश पाठक ले नेपालमा यस्ता समवेदनशील योजनाहरुमा सार्वजनिक परामर्श (Public Consultation) को खाँचो रहेको कुरा औंल्याउनुभएको थियो ।
संस्थाका पूर्व-अध्यक्ष्य ई. घनश्याम पौडेलले पुरातत्व बिभागले विश्व सम्पादको सूचिमा नपरेका सांस्कृतिक सम्पदालाई जगेर्ना तथा सम्भार गर्नको लागि समपदाको वर्गिकरण गरी गुरुयोजना बनाउनुपर्ने मा आफ्नो सुझाव दिनुभएको थियो । संस्थाका सचिव संयुक्त श्रेष्ठले UK मा रहेर पनि Nepalese heritage संरक्षण को लागि काम गरिरहेको बताए । त्यस्तै दोश्रो प्रश्तोता कादुरी एग्रिकल्चरल एड एसोसिएसन, ब्रिटिश-गोर्खाका टेक्निकल डाइरेक्टर ई. नारायण गुरुङले हालै गएको गोर्खा केन्द्र बिन्दु रहेको महiभुकम्पको उदाहरणबाट शिक्षा लिएर भविश्यमा त्यही गल्ती दोहोर्याउन नहुने कुरामा जोड दिनुभएको थियो । भुकम्पले आँफैंले भन्दा पनि भुकम्पबाट श्रीजित पहिरो, हिमस्खलन (avalanche), असावधानी, चेतनाको कमी आदीको कारणले धेरै क्षति भएको कुरा उहाँले राख्नु भएको थियो। कार्यक्रमको निचोड पेश गर्दै सहभागि अर्का ईन्जिनियर डा. विनोद लाल अमात्यले अबको काठमाडौंको परिवहनको विकल्प भनेको भूमिगत मेट्रो रेल नै भएकोले सांस्कृतिक-सम्पदा मैत्री मेट्रो-रेलको अवधारणालाई SONEUK ले कसरी योगदान पुर्याउन सक्छ भनेर बिभिन्न सम्भाव्यता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सन्चालन गर्दै SONEUK का कार्यकारी महiसचिव ईन्जिनियर श्री उमेश पराजुलीले कार्यक्रम निकै सान्दर्भिक भएको र ईन्जिनियरहरुको उपस्थिति पनि उत्शाहजनक रहेकोले भर्खरैमात्र गठित भएको यो तेश्रो कार्यकारीणी समितिलाई धेरै हौशला मिलेको कुरा बताउनुभयो। बिदेशी भूमिमा आर्जन गरेको सिप तथा अनुभव नेपालको बिकासको लागि निकै नै उपयोगी हुने कुरामा दुई मत नहुने कुरा राख्दै आफुहरु तथा SONEUK सदैव नेपालको बिकास निर्माणमा सहयोगी हुन तयार रहेको कुरा प्रष्ट पार्नुभएको थियो। वरिष्ठ ईन्जिनियरहरु ई. डा. विदुर घिमिरे, ई. राजेन्द्र खरेल्, ई. देवेन्द्र दाहाल लगाएत करीब तिस भन्दा बढी ईन्जिनियर उपस्थिति रहेको कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापती तथा संस्थाका अध्यक्ष ईन्जिनियर शैलेन्द्र काजी श्रेष्ठले SCAEF लगायत Professional संघसंस्था संग मिलेर काम गर्ने प्रतिबद्धता गर्नु भएको थियो। कार्यक्रमको पूर्वसन्ध्यामा यो तेश्रो नयाँ कार्यकारी समितिले आफ्नो कार्यकालको एक वर्षीय कार्यक्रमहरु सञ्चालन गर्नकोलागी बिभिन्न उपसमितिहरु घोषणा गर्दै Coordinators तोकेको थियो।
ऊक्त कार्यकारी समितिको meeting मा Chairperson ई. शैलेन्द्र काजी श्रेष्ठ ले ई. बेद भट्टराई लाई Training & CPD, ई. डा. विदुर घिमिरे लाई Membership, ई. डा. विरेन्द्र श्रेष्ठ लाई Conference & Seminar, ई. संयुक्त श्रेष्ठ लाई IT Development & Project Support, ई. उमेश पराजुली लाई Media-Public Relation साथै Constitution Amendment & Committee ToR, ई. पूजा भगतलाई Young Engineers Mobilisation, ई. अक्षय चापागाईं लाई Finance र ई. पवन मान बज्राचार्य लाई Social and Entertainment coordinator साथै Advisors हरु चयन भएको घोषणा गरेका थिए ।
ई. सज्ञान खरेल र ई. रश्मि सिंह रiना ले उपसमितिहरुमा सहयोगी को भुमिका निभाउने छन । यसै क्रममा कार्यकारी समितिले आगामी १५ सेप्टेम्बर, २०१८ मा एक दिवशीय रात्री शिविर (नाइट क्याम्पिङ्ग) ईन्जिनियर-(परिवार भेला मनाउने कुरा पनि निर्णय गरेको थियो।