वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निरंकुश र दमनकारी शैलीमा अघि बढेको बताए ।
संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सरकारको दमन धेरै समय नटिक्ने चेतावनी दिए ।
उनले डाक्टर गोविन्द केसीको माग बारे समस्या समाधान गर्न भन्दा निरंकुशता र दमन तर्फ सरकार उन्मुख हुदै गएको टिप्पणी थियो ।
उनले समाजवाद उन्मुख भनेर संविधानमा लेख्न बढी सक्रिय भएका कम्युनिष्टहरुनै अहिले समाजवादको नाममा नया शोषक बर्ग जन्माउन उद्धत रहेको बताए ।
त्यसको शसक्त खबरदारी गर्नुपर्ने आवश्यकता औल्याए ।
काङग्रेसले निरंकुशता, सर्वसत्तावादी र अधिनायवादी सरकारी शैली रोक्न कडा प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
सरकार सामाजिक फासिवाद तर्फ गईरहेको भन्दै उनले सरकारलाई चेतावनी दिनका लागि एक दिने विरोध कार्यक्रम घोषण गरिएको भन्दै सरकारको रबैवामा सुधार नआए थप कार्यक्रम गरिने बताए ।






