लुका मोड्रिच बने उत्कृष्ट खेलाडी

Soccer Football - World Cup - Final - France v Croatia - Luzhniki Stadium, Moscow, Russia - July 15, 2018 Croatia's Luka Modric poses with the FIFA Golden Ball award REUTERS/Kai Pfaffenbach

काठमाडौं। विश्वकप फुटबलको २१ औं संस्करण रुसमा सकिएको छ ।

रुसले पहिलो पटक आयोजना गरेको विश्वकपको समापन समारोहमा विश्वका शिर्ष नेताहरुदेखि फुटबल हस्तीहरुको उपस्थिति थियो ।

विश्वकपको फाईनल खेलमा पराजित भएपनि क्रोएसियाले खेलाडी लुका मोड्रिच विश्वकपका उत्कृष्ट खेलाडी बने ।

स्पेसिन क्लव रियाल मड्रिडबाट खेल्दै आएका मिडफिल्डर मोड्रिचले विश्वकपका उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल जितेका हुन् ।

विश्वकपका सात खेलमा मोड्रिचले २ गोल गरेका थिए । तर क्रोएसियाको हरेक जितमा मोड्रिचको प्रदर्शन प्रेरणादायी थियो ।