एजेन्सी- डोनाल्ड ट्रम्प जुन १३ मा बेलायतको ‘कामकाजी भ्रमण’मा आउने कार्यतालिका छ । उनको यही भ्रमणलाई ध्यानमा राखेर लण्डन भूमिगत रेलको एक हिस्सा पिक्काडिल्ली लाइनका ड्राइभरहरुले हडतालको घोषणा गरेका छन् ।
पिक्काडिल्ली लाइनमा लगभग पाँच लाख यात्रुहरु दैनिक यात्रा गर्छन् । यो लाइनले केन्द्रीय लण्डनलाई हिथ्रो विमानस्थलसँग जोड्छ ।
ड्राइभरहरुले ११ जुलाईको राति नौ बजेदेखि १४ जुलाईको मध्य रातसम्म हड्ताल गर्दै छन् ।
नेशनल युनियन अफ रेल, मेरिटाइम एण्ड ट्रान्सपोर्ट वर्कर्स नाम ट्रेड युनियनले यी दिनमा कामदारको अवस्था र कर्मचारीको भर्ती आदी विषय पनि यसमा जोडिने बताएको छ ।
अन्य हजारौँ मानिसहरुले पनि ट्रम्पको बेलायतको भ्रमणका क्रममा विरोध गर्ने अनुमान गरिएको छ । राजधानी लण्डनमा राष्ट्रपति ट्रम्पको छ मिटर अग्लो बेलुन उडाउने तयारी गरिएको छ ।
फस्ट लेडी मेलेनीया ट्रम्प पनि ट्रम्पको तीन दिने भ्रमणमा साथै हुने अनुमान गरिएको छ ।
भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्पको बेलायती महारानी एलिजाबेथसँग पनि भेट हुनेछ । साथमा उनले बेलायती प्रधानमन्त्री थेरेसा मेसँग पनि भेट गर्नेछन् ।
लण्डनस्थित अमेरिकी राजदूत उडी जोनसनले ट्रम्पको विरोधको योजना भएता पनि लण्डन भ्रमण रद्ध नहुने बताए । उनले ट्रम्पले यस्ता विरोध सामाना गर्दा गर्दा उनको छाला बाक्लो भइसकेको बताए ।
अर्को तर्फ रेल मजदुरहरुको अवस्थाका बारेमा बौल्दे टे«ड युनियनका महासचिव माइक क्यासले भने, “पिक्काडिल्ली लाइनमा बारम्बार समस्या देखिएका छन् । यो समस्या पहिलेदेखि आएको हो । तर लण्डन भूमिगतका व्यवस्थापनले यसको यथार्थमा बेवास्ता गर्दा यो समस्या झनै खराब बनाएको छ ।
“यही कारणले हामीलाई हडतालमा जानु बाहेक अर्को विकल्प बाँकी रहेन ।”
“हामीले गरेका छलफलका प्रत्यक प्रयासहरु कम्पनीले अबरोध ग¥यो अब आफ्ना सदस्यहरुको कुरा सुन्न शुरु गर्ने पालो लण्डन भूमिगतका मालिकहरुको हो । यो मुद्दाको मुख्य समस्या मनमा लिनुस् र साच्चैको प्रगति हुने तर्फ सम्बाद शुरु ग¥यौं ।”






