प्रतिनिधिसभाबाट आज कुन कुन विधेयक पास भए ?

;+3Lo ;+;bsf] bf];|f] clwj]zg ;'? ;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/b]lv z'? ePsf] k|ltlglw;efsf] bf];|f] clwj]zgdf ;xefuL ;f+;bx? . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं- प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक २०७५ बहुमतले पारित गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक २०७५ लाई पारित गरियोस् भनि राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । यसअघि यस विधेयकमाथि सासंदहरुले राखेको खर्च कटौतिको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

त्यसैगरी शुक्रबारकै बैठकले आर्थिक विधेयक २०७५,राष्ट्रऋण उठाउने विधेयक २०७५ र ऋण तथा जमानत (२२ औ संसोधन) विधेयक २०७५ लाई स्वीकृत गरेको छ ।

अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक २०७५ लाई विचार गरियोस् भनी गरेको प्रस्ताव वहुमतले स्वीकृत भएको हो । सो विधेयकको दफाबार छलफलका लागि असार १८ गतेको समय तोकिएको छ ।

त्यसैगरी अर्थमन्त्री खतिवडाले राखेको राष्ट्रऋण उठाउने विधेयक २०७५ र ऋण तथा जमानत (२२ औ संसोधन) विधेयक २०७५ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

तीन वटै विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसद प्रेम सुवालले के का लागि ऋण भन्ने स्पष्ट हुनुपर्ने माग गरे ।

खानेपानी, भुकम्पछिको पुर्ननिर्माण र स्वास्थ्य बाहेकका क्षेत्रका लागि ऋण लिन नपाईने भन्दै उनले ऋण लिनुपर्ने कारण स्पष्ट आउनुपर्ने तर्क गरे ।

उनले भने “नेपाली जनताको प्रत्येकको टाउकोमा २५ हजार ऋण छ । के खाएको छ नेपाली जनताले ? कुन कुन सरकारले ऋण ल्याएर नेपाली जनतालाई ऋण बोकाएको हो ?ती मन्त्रीहरु कुन कुन हुन् ? र सबैको घर खेत कति जोड्यो त्यो सबै हिसाब किताब हुनुपर्छ ? ऋण भुकम्पपछिको पुर्ननिर्माणमा प्रयोग गर्ने भनेर आउनुपर्छ, स्वास्थ्यको लागि प्रयोग गर्ने, खानेपानीको लागि भनेर अनि हामीले स्वीकृति दिन मिल्छ । त्यत्तितै ऋण लिने भनेर हुन्छ ?

सरकारले आर्थिक बर्ष २०७५-७६ का लागि विनियोजित बजेटमा १ सय ७२ अर्ब ऋण उठाउने प्रस्ताव गरेको छ ।

बैठक आजै साढे २ बजे बस्ने गरि स्थगित गरिएको छ ।