काठमाडौं– तरुण दलले महंगी, भ्रष्टाचार,अदालतको अपमान र प्रेशस्वतन्त्रताको अपमानको विरोधमा प्रदर्शनसहित विरोधसभा गर्ने भएको छ । नयाँ सरकार बनेको चार काठमाडौको रत्नपार्कस्थित शान्तिवाटिकामा आज दिउँसो २ बजेपछि विरोध प्रदर्शन गर्ने तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए ।
अध्यक्ष बस्नेतका अनुसार बामपन्थी सरकारका क्रियाकलाप जनतालाई राहात दिनेभन्दा पनि आहात दिने र राज्यसंयन्त्रको दुरुपयोग गर्ने किसिमको भएकाले तरुणदलले विरोध पदर्शन गर्न लागको हो ।
विरोधसभामा सहभागि हुन तरुण दलका नेता कार्यकर्ता उपत्याकाका विभिन्न स्थानबाट २ बजे रत्नपार्कमा जम्मा हुनेछन् ।
अध्यक्ष बस्नेतले यातायात प्रभावित नहुनेगरी र्यालीसहित कार्यकर्ताहरु बालाजु, कलंकी, कोटेश्वर, लगनखेल लगायतबाट रत्नपार्क आइपुग्ने बताए ।
तरुण दलले सरकारका खराव कामकारवाहीविरुद्ध शसक्त आन्दोलन गर्ने बताउदै आएको छ ।






