काठमाडौ– कानुन न्याय तथा संसदीय मन्त्री शेरबहादुर तामाङले न्यायसेवाभित्र पीडकपक्ष हावी भएको गुनासो बढेको बताएका छन् ।
उनले पीडितलाई न्याय दिलाउन संरचनागत सुधार गर्नुपर्ने भएकाले सरकारले त्यसविषयमा गृहकार्य गरिरहेको जानकारी गराएका छन् ।
प्रतिनिधिसभा बैठकमा संसदहरुको प्रश्नको जावफ दिदै मन्त्री तामाङले संविधानका विभिन्न कानुन संशोधनमात्रै नभइ लागु पनि गर्दै आएको बताएका छन् ।
उनले प्रशासन, सुरक्षा र निर्वाचननका लागि मात्रै नभएर अदालतमा पनि समानुपातिक समावेशी सिद्धान्त अनुसार कानुन बनाउने र समायोजन गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए । उनले जिरो लेवलमा छलफल भइरहेकोले के भइरहेको छ भनेर संसदहरुले जिज्ञासा राख्नु स्वभाविक भएकाले त्यसवारे आवाश्यक छलफल गरेर अघि बढ्ने बताए ।






