डा. देवकोटाको सम्मानमा गोर्खाली समाज युकेद्वारा शोकसभा

हेम गुरुङ ,

अल्डरशट । गोर्खाली समाज युके द्वारा पूर्व स्वास्थ्य मन्त्री एवम स्नायुरोग बिशेषज्ञ स्वर्गीय डा.उपेन्द्र देवकोटाको सातौं दिनको पुण्य तिथिको अवसरमा बेलायातको अल्डरसटमा शोकसभा कार्यक्रम सम्पन्न गरेको छ ।

गोर्खाली समाज युकेका अध्यक्ष कर्ण दर्लामी मगरको अध्यक्षतामा भएको श्रध्दान्जली सभाको संचालन समाजका उपाध्यक्ष हेम गुरुड्गले गरेका थिए ।


समाजका संरक्षक डा राघव प्रसाद धिताल, अध्यक्ष कर्ण दर्लामी मगर, एनआरएन युकेका संरक्षक सुर्य गुरुड्ग र समाजसेवी एकेन्द्र गुरुड्ले स्वर्गीय डा देवकोटाको जीवनी, समाजसेवा र राष्ट्रसेवाका वारेमा उहाले पुर्याउनु भयको योगदानको बारेमा चर्चा गरेका थिए ।

देशको योग्य डा को असामयीक निधनले पुग्न गयको क्षतिको संझना गर्दै एक मीनट मौनधारण गरी खादा र पुष्पगुच्छाद्वारा श्रध्दान्जली गरीएको थियो ।

डा जानकी धिताल, एनआरएन युकेका संरक्षक सुर्य गुरुड्ग, आइसीसी सदस्य शान्ती थापा, एनआरएन युके उपाध्यक्षहरु पुनम गुरुड्ग, शुसीला राई र प्रेम गाहा मगर, तमुधी युकेका पुर्व अध्यक्ष सुर्य गुरुड्ग , पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्ग, तमुधी युकेका उपाध्यक्ष हितकाजी गुरुड्ग, युवा ब्यवसायी गणेस गुरुड्ग, एलबिजेड गुरुड्ग, राजेन्द्र गुरुड्ग,रीता क्षत्री, शर्मीला गुरुड्ग, सकुन गुरुड, पत्रकार पुर्ण गुरुड्ग , बाचस्पति रेग्मीको उपस्थीती रहेको थियो ।

उपस्थित हुनुभएका बिभिन्न समाजका प्रतिनिधिहरू, पत्रकारहरू तथा उपस्थित महानुभावहरूलाई कार्यक्रम संयोजक हेम गुरूङले आफ्नो तर्फबाट र गोरखाली समाज युकेको तर्फबाट हार्दिक धन्यवाद दिएका थिए । डा देवकोटाको पित्तथैलीमा क्यान्सर भई उपचार कै क्रममा मृत्यु भएको थियो।