लण्डनको वेम्बलीमा आउँदै सागर आले र मिना लामा [भिडियो सहित]

लण्डन । मगर संघ युकेको आयोजनामा नेपाली ओपन कन्सर्टमा बेलायतका विभिन्न क्षेत्रबाट हजारौंको संख्यामा ओइरिएका दर्शकहरुमाझ सबैको मनमा बसेका नेपालबाट आएका राष्ट्रिय कलाकारहरु सागर आले, मिना लामाले पुन लन्डनमा सांस्कृतिक मनोरञ्जन दिने भएका छन् ।
नेपाल आइडलका चर्चित गायक सागर आलेले आउंदो जुन २४ आइतबारका दिन लण्डनको वेम्बलीमा प्रस्तुति गर्ने भएका हुन्  । वेम्बली मिफुरुंग युथको आयोजनामा हुने हाम्रो सांझ ३ मा गायक आले र गायिका मिना लामाले बेजोड प्रस्तुति दिने भएका हुन् ।
सडवरी प्राइमरी स्कुल वेम्बलीमा सांझ ६ देखि ११ बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रमका लागि अग्रिम टिकटको १३ र ढोकामा १५ पाउण्ड लाग्ने आयोजकले बताएका छन् । सो कार्यक्रममा आस्था जोशी, प्रतिष्ठा त्रिपाठी मगर गट ट्यालेन्टका विजेता मिफुरुंग युथ करिश्मा मगर, समिक्षा राना, सन्दिप राना, दिपक थापा मैथाने मगर , तमु समाज युकेका आमा समुहका बिन्दु गुरुंग, बिमला घले गुरुंग, टिका गुरुंग लगायतले विभिन्न नृत्यहरु प्रस्तुत गर्नेछन् ।
यसैबीच आयोजक समेत रहेकी कोरियो ग्राफर एबम तमु समाज युके कल्चरल सचिब सरु गुरुङ्गले कार्यक्रममा आएर भरपुर मनोरन्जन लिन तथा कलाकारहरुलाई हौसला प्रदान गर्न बिशेष आग्रह गरेकी छन् । यस्तो देखियो सागर आले संग प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कममा-प्रधान सम्पादक शिब भण्डारीले तयार पारेको स्थलगत भिडियो रिपोर्ट

हेर्नुहोस् भिडियो :