नेकपा माओवादी केन्द्रको पुनर्गठन गर्न गोपाल किराँतीले बोलाए महाधिवेशन (आयोजक समितिको नामसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरेको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अध्यक्ष किराँतीले प्रचण्डले पार्टी परित्याग गरेको आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष किराँतीले आफूहरु अब रुपान्तरणसहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागि परिरहेको दाबी गरे । उनले भने, ‘प्रचण्डले जनयुद्धको कार्यदिशा र जनयुद्धका मुद्दाहरु छोडेर तात्कालीन एमालेमा प्रवेश गर्नुभयो, उहाँले जनयुद्धको धावनमार्ग भत्काउनुभयो, हामी त्यसलाई पुनःनिर्माण गर्न जुटेका छौं, आगामी कार्तिकमा राष्ट्रिय भेला बाोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने लक्ष्यकासाथ अघि बढेका छौं ।’

किरातीले प्रचण्डलाई संभ्रान्त वर्गमा बद्लिएको आरोप लगाउँदै प्रचण्डका केही कार्यकर्ताहरु उनको पछि लागेको बताए । उनले भने, ‘प्रचण्ड र बाबुराम अन्तिममा आएर पूँजीवादी गणतन्त्रतिर लाग्नु भयो, हामी सर्वहारा वर्गको पक्षमा छौं ।’

अध्यक्ष किरातीले भारतको तर्फबाट सिमानामा ज्यादती भएको भन्दै सिमानामा पर्खाल लगाउन माग समेत गरे । सो पार्टीले मंगलबार राजधानीको कमलादीस्थित् प्रज्ञा भवनमा बसेको बैठकले पार्टीको आगामी पार्टीको महाधिवेशन आयोजक समिति गठन गरेको समेत जानकारी दिएको छ ।

यस्तो छ महाधिवेशन आयोजक समिति
अध्यक्ष : गोपाल किराती ‘साइला’
उपाध्यक्ष : भविश्वर पराजुली
उपाध्यक्ष : तीलक थापामगर
महासचिव :कर्णजीत बुढाथोकी ‘सुशील’
सचिव : राजन तिम्सिना