कडा प्रश्न सोध्दा सञ्चारमन्त्री आक्रोशित, टेलिभिजन कार्यक्रम नै बन्द गराइदिए ! (भिडियो सहित)

काठमाडौं । नेपाल टेलिभिजनमा प्रत्येक शनिबार राति ८ः४५ बजे प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक बहस कार्यक्रम बन्द भएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आदेशमा कार्यक्रम बन्द भएको कार्यक्रम सञ्चालकले बताएका छन् ।

कार्यक्रममा कडा प्रश्न सोधेको भन्दै सञ्चारमन्त्री बाँस्कोटाले कार्यक्रम नै बन्द गरिदिएको कार्यक्रम संचालक राजु थापाले बताए ।

हेर्नुहोस् भिडियो :