ग्रेटर रशमोर नेपाली कम्युनिटीले भिक्टोरिया डे मनायो

 प्रमिला लाबुंग राई ,

अल्डरशट ग्रेटर रशमोर नेपाली कम्युनिटीले भिक्टोरियाडे मनाउने काम भव्यताका साथ सम्पन्न गरेको  रशमोर बरोकाउन्सिल ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा मनाइने, भिक्टोरिया डेमा यो बर्ष परेडमा सय वाहिर हजार भन्दा बढी नेपालीसमुदायबाट सहभागिता रहेको थियो

स्थानिय नेपाली संघ संस्थाको सहभागिता सहकार्यको परिणाम स्वरूपअपार सफलता प्राप्त गरे बापत, बिगतमा हरेक दुई बर्षमा मनाईनेभिक्टोरिया डे, ग्रेटर रशमॊर नेपाली कम्युनिटीको अग्रसरतामा केहि वर्षदेखि हरेक वर्ष मनाउन शुरु गरिएको हो

कार्यक्रममा विभिन्न धर्म, जातीएवं संस्कार संस्कृति झल्कने पहिरन सहित करिब तीनसय भन्दा बढीपरेडमा हजारौंको संख्यामा बाहिर स्वागतको लागि नेपाली समूदायकोतर्फबाट सहभागिता रहेको थियो

स्थानिय समूदाय नेपाली समूदायबिचको दुरीलाई नजिक ल्याउन उक्त कार्यक्रममा प्रथम नौमती बाजायुके, बि .सी .सी यूके, शिब कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टरफान्ब्रो, लम्जुङ्ग सेवा समाज, किराँत राई यायोखा युके, मगर संघ यूके,  किराँत याक्थुङ्ग चुमलुङ्ग यु के, क्षेत्री समाज यूके, गेसो, मदत समूह, तमुधी यूके, तमु पेलु संघ, गोर्खा आमा समुह लगायतका संस्थाहरुकोउल्लेख्य सहभागिता रहेको कुरा बरिष्ठ उपाध्यक्ष रामधन राईले बताएगोर्खा आमा समुहले तिन वटा सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने, प्रथमनौमती बाजा युकेको प्रस्तुतिले कार्यक्रममा अझ बढी रौनकता ल्याएकोथियो

यस कार्यक्रमलाइ सफल बनाउन कार्य समिति, सल्लाहाकारहरु, समस्तसंघ संस्था, पत्रकारहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको उक्तकार्यक्रममा निबर्तमान अध्यक्ष ओम थापा, परेड संयोजक बिर बलाल र कोषाध्यक्ष टोप पल्लीको बिशेष भूमिका रहेको थियो

बिहान ११.००देखि शुरु भई दिनभर जसो चलेको उक्त कार्यक्रमको मार्चपास पश्चात, अध्यक्ष जीव बेलबासेले समस्त सहभागी संघ संस्था, पत्रकार, समाजसेबी, पेशाकर्मी लगायत समस्त कार्यसमिति एवंसल्लाहाकारहरुलाई धन्यबाद ज्ञापन गरेका थिए