कुवेतमा समातिए ६ नेपाली

कुवेत प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गरेको आरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ ।

साद अल अब्दुल्ला क्षेत्रमा बिक्री गर्न तयारी अवस्थाको २५० ब्यारेल तथा ९८० बोतल मदिरासहित उनीहरुलाई नियन्त्रणमा लिएको कुवेत प्रहरीलाई उद्धृत गरेको छ ।

कुवेतमा गैरकानुनी रुपमा मदिरा उत्पादन, सेवन र बिक्री गर्न नेपालीसहितका विदेशी कामदार संलग्न हुँदै आएका छन् । (कान्तिपुर)