महानायक राजेश हमाल पछील्लो चलचित्र ‘शकुन्तला’मा भिन्न भूमिकामा देखिएपछी अहिले यही चलचित्रका निर्देशक दिनेश श्रेष्ठको नयाँ चलचित्रमा नयाँ शैलीमा आउन लागेका छन् । हमालको स्टारडममा शंका गर्नेहरु पनि अहिले धेरै छन् । केही समय ग्याप लिएर नयाँ चलचित्रमा काम गर्न लागेका हमालले आफैले नयाँ चलचित्र निर्देशन गर्ने खबर समेत सार्वजनिक भएको थियो । तर, उनी दिनेशको निर्देशन रहने नयाँ चलचित्रमा काम गर्न तयार भएका छन् ।
आफ्नो जन्मदिनमा नायक हमालले नयाँ चलचित्रमा काम गर्ने संझौता गरेका हुन । महंगो बजेटमा बन्ने चलचित्रमा ४ जना नायिका हुनेछन् तर नायिकाहरु अहिले फिक्स भइसकेका छैनन । चलचित्रको छायांकन तिहारपछि गर्ने दिनेशले बताएका छन् ।






