काठमाडौं– संघीय समाजवाद फोरम, नेपालकी सांसद सरिता गिरीले बजेटमार्फत सरकारले लिएको आर्थिक बृद्धिको लक्ष्य पुरा हुनेमा आफुलाई शंका लागेको बताएकी छन् ।
बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले अर्थराजनीति र रणनीतिक स्वार्थलाई बजेटले ‘डोमिनेट’ गरेको गुनासो गरिन् । ‘बजेटमा केन्द्रीकृत व्यवस्थाको चरम नमुना देखियो । उदाहरणकै लागि सांसदहरुलाई दिने चार करोड रकम हो ।’ उनले भनिन्, ‘सांसद विकास कोषको रकम कटौती गरेर १६५ सांसदलाई आफ्नो निर्वाचन क्षेत्रका लागि ४ करोड पारियो यो गलत अर्थराजनीति हो । ’
उनले प्रत्यक्ष जितेका सांसदलाई तीन करोडमात्रै दिएर बाँकी रकम राज्यकोषमै राख्न सुझाव दिइन ।
सांसद गिरीले मदनभण्डारी प्रतिष्ठानको औचित्यबारे समेत प्रस्ट पार्न आग्रह गरिन् ।






