नायक निखिल उप्रेतीले नयां आवासको निर्माण गर्दै..!!

रमेश पोखरेल /

चितवनको भरतपुरमा बिशेष क्षमता भएका २ जना अपागंता भएका ४६ बर्षीय भिम बहादुर खत्री (भार्इ) र ६६ बर्षीय उनको दिदीको लागि नायक निलिख उप्रेतीकाे बिशेष सहयाेगमा सामाजिक अभियन्ता तथा अधिकारकर्मी रन्जिता गुरूङले साे परिवारका लागि अावस सुरक्षित गर्न पक्की घर बनाउने निर्णय गरेका छन् । सानाे झुपडी, छेउमैं खाना पकाउन चुलाे, तर के पकाउने खाद्यान्न छैन, यस्तै अबस्थामा भिम बहादुरले दाऊरा बेचेर जेनतेन आफ्नो र दिदिको जिवन यापन चलाईरहेका छन् ।londonnepalnews.com
भिभ बहादुर खत्री र उनकाे दिदीका लागि भरतपुर-११, गणेशस्थानमा घर बन्दैछ । नायक उप्रेतीकाे बिशेष सहयाेग र रन्जिता गुरङकाे उक्त अभियानमा मुख्य सहयाेगिका रूपमा अनिल पाण्डे, निशान थापा, संघर्ष विष्ट, समुन्द्र नेपाल, शेर बहादुर परियार, भुवन पाैडेल लगायतकाे टिमले साथ दिंदैछन् भने मानवताकाे नाता एक-अापसमा जुटाऊंदै तयार गरिदै गरेकाे पक्कि घरका २ काेठामा वडा कार्यालाय राख्ने र कार्यालयकाे मासिक भाडा (ने रु ६ हजार) पनि त्यही परिवारकाे घर खर्चमा प्रयाेग गर्ने याेजना रहेकाे निर्माता, नायक तथा चलचित्र निर्देशक निलिख उप्रेतीले हामिसंगको कुराकानिको क्रममा बताए । उप्रेतीका अनुसार लगत्तै तरार्इका जिल्लाहरूमा २३ घर बनाउने याेजना रहेकाे छ । त्यसका लागि अन्य सहयाेगी हातहरू जुट्न पनि अपिल  गरिएकोछ ।londonnepalnews.com
निखिलकाे टीम भरतपुर पुक्दा उनिहरूकाे भव्य स्वागत गरिएको थियो । नागरिकता पनि प्राप्त नगरेका अपाङ्गता भएका खत्री दिदी-भार्इले राज्यबाट पाउने सेवा सुविधाबाट पनि बन्चित हुनुपरेकाे छ। यसैबीच साेही टाेलीले उनिहरूकाे नागरिकता बनाउन सहयाेग गर्ने पनि घाेषणा गरेकाे छ । नयाँ घर बन्ने भएपछि खत्री दिदी-भार्इ निकै खुशी देखिन्थे । शुभकामना निखिलको टिमलाई, लण्डन नेपाल न्युजको तर्फबाट…!!