आवश्यक परे संविधान संशोधन : प्रधानमन्त्री ओली

k|wfgdGqL cf]nL –kqsf/ ;Dd]ng ef/tsf] tLg lbg] /fhsLo e|d0f ;s]/ :jb]z kms{g' ePsf k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ lqe'jg cGt/f{li6«o ljdfg:yndf cfof]lht kqsf/ ;Dd]ngdf e|d0fsf]] af/]df hfgsf/L lbg'x'Fb} . tl:a/M k|bLk/fh jGt, /f;;

काठमाडौं- प्रधानमन्त्री केपी शर्माले ओलीले आज एकीकृत पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गरेका छन् । उनी आज नै दलको नेता समेत चयन भएका थिए ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले भारतसँग बराबरीको सम्बन्ध रहने बताएका छन् ।

उनले यहीक्रममा विराटनगरमा रहेको भारतीय दूतावास मातहतको फिल्ड अफिस हटने दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारत सन १०५० को सन्धि पुरनावलोकन गर्न तयार रहेको दावी पनि गरेका छन् ।

२०६५ भदौमा आएको बाढीले कोशी ब्यारेज भत्काएको थियो । त्यसपछि नेपालका सवारी साधानले भारतीय भूमि प्रयोग गर्नुपर्ने अबस्था आएको थियो । त्यसका लागि पास दिन भारतीय दूताबासले फिल्ड अफिस स्थापना गरेको थियो ।

विराटनगरको भारतीय दूतावास कार्यालयमा बम विष्फोट

त्यसबेला स्थापना भएको फिल्ड अफिस बन्द गराउन पटक पकट प्रयास भएपनि भारतले हटाएको छैन् ।

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए ।

केही दिन अगाडि सो कार्यलय अगाडि अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

घटनामा विप्लवको पार्टीको हात रहेको आंशका गरिएको थियो ।

प्रधानमन्त्री ओलीले काँग्रेसलाई कटाक्ष गर्दै आफुहरुलाई धमण्ड गरेर हिड्ने फुर्सद नभएको बताए ।

उनले नेकपा लोकतान्त्रिक पार्टी भएकाले विपक्षीलाई दमन नगर्ने पनि बताए ।

उनले आबश्यकता परे देश र जनताको हितमा संविधान संशोधन गर्ने पनि बताएका छन् ।

संविधान संसोधनको मुद्दाले संघीय समाजवादी फोरमको सरकारमा सहभागी हुने यात्रा विचमै रोकिएको छ ।