मोर्चाले निकालेको र्याभलीमा क्रममा बानेश्वरमा झडप हुँदा एमाओवादीका पोलिटब्युरो सदस्य गङ्गानारायण श्रेष्ठ, राजेश बेञ्जनकारलगायतका करिब १०० को सङ्ख्यामा कार्यकर्ता घाइते भएका थिए। अध्यक्ष दाहाल कान्तिपुर अस्पतालमा उपचाररत घाइतेहरुको अवस्था बुझ्न बिहान अस्पताल पुगेका थिए।
सो अवसरमा एमाओवादी अध्यक्ष दाहालले सरकारलाई आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने जानकारी गराएको भए पनि शान्तिपूर्ण र्यालीसहितको जुलुसमाथि आक्रमण गरिएको भन्दै त्यसको भत्र्सना गरे।
कांग्रेस–एमाले बहुमतको आडमा जबर्जस्ती पेलेर अघि बढ्न खोजेकाले समस्या आएको बताउँदै उनले भने– ‘सरकारले सहमतिमा संविधान बनाउने वातावरण बनाए हामी वार्तामा बस्न तयार छौँ।’
घाइतेहरुलाई भेट्न एमाओवादी नेताहरु टोपबहादुर रायमाझी, वर्षमान पुन, जनार्दन शर्मा, प्रवक्ता दीनानाथ शर्मा, अग्नि सापकोटा, हिसिला यमीलगायत अस्पताल पुगेका थिए। रासस






