लिलिबिली संगै चर्चित हुंदै ,नायिका जसिता

londonnepalnews.com

लण्डन । उत्कृष्ट नव नायिकाको अवार्ड समेत जितेकी नायिका जसिता गुरुङले पहिलो चलचित्र `लिलिबिली’बाट नै सर्वाधिक चर्चामा आएकी छन् । चलचित्र क्षेत्रमा संभावना बोकेको नव नयिकाहरु मध्य जसिता गुरुङलाई अहिले चलचित्र अफरको ओहिरो लागेको बताइएको छ ।

`लिलिबिली’ रिलिज लगतै लण्डन उडेकी जसिताले जादा ३ चल्चित्रको कथा समेत बोकेर गएकी थिइन। नयाँ जेनेरेशनको प्रतिनिधित्व गर्ने संभावना देखाएपछि उनलाई लिएर चलचित्र बनाउन धेरै निर्माता इच्छुक रहेका छन् ।

कुनै नयाँ चल्चित्रको खुलासा नभइसकेको भए तापनि यहि वर्ष भित्रमा नै नयां चलचित्रको साथमा पुन दर्शक सामु आउने जानकारी दिदै नेपालमै बसेर नेपाली चलचित्रमा काम गर्ने मन भएको धारणा लण्डन नेपाल न्यूज संग को कुराकानीमा उनले बताइन् ।

हरेक वर्ष नेपाली चलचित्र उद्योगमा थुप्रै नव नायक तथा नायिकाहरुको आगमन हुने गर्दछ तर कतिपयले यही क्षेत्रलाई नै निरन्तरता दिरहेका छन् भने कतिपय १/२ वटा चलचित्रमा खेलेपछि पलायन भएर गएको पाइएको छ । पहिलो चलचित्रको प्रदर्शन बाट चर्चामा आए जस्तै जसितालाई पनि आगामी दिनमा निरन्तर रुपमा नेपाली चलचित्रमा देख्न पाइयोस ।