पुष्कल शर्माको “बाँचा कसम” सार्बजनिक (भिडियो)

आत्मा विश्वास प्रा. लि. को प्रस्तुतिमा चेतन थापा मगर र सुदिप शंकरको नयाँ प्रेम कथामा आधारित “बाँचा कसम” बोलको गीतको म्युजिक भिडियो युट्युबमा सार्बजनिक भएको छ ।

उक्त गीतमा स्वरका धनी गायक पुष्कल शर्मा र सिता माझीको सुरिलो आवाज सुन्न सकिनेछ । शब्द सुदिप शंकरको रहेको यस गीतलाई सिता माझीले लय गरेेेका छन् ।

दुर्गा बिरहीले निर्देशन गरेको यस म्युजिक भिडियोलाई बाबु बरालले छांयाकन र अमृत चापागाईले सम्पादन गरेका हुन् । एरेन्ज भने बिनोद बराइलीको रहेको छ ।

चेतन थापा मगर, कल्पना ढकाल र प्रेम सुनारको अभिनय देख्न सकिने यस म्युजिक भिडियोको उत्पादक तथा वितरक आत्मा विश्वास प्रा. लि. ले गरेको छ भने दृश्य निर्माण भने सम्पूर्ण फिल्मस प्रा. लि. ले गरेको छ ।

भिडियो :