विदेशी भूमीमा नेपाली हुनुको परिचय, न्यानो माया अनेकौं उपहार बटुलेर फर्किए कलाकारहरु [१० तस्बिरमा हेर्नुस ]

शिब भण्डारी

लन्डन । बेलायतबाट न्यानो माया अनेकौं उपहार बटुलेर चर्चित गायिका एबम बेली डान्सर प्रिति आले मोडल तथा नृत्य कलाकार रश्मी तामाङ, अभिनेत्री छुल्ठिम गुरुङ ,खुशी हुंदै नेपाल फर्किएका छन्

नेपाली नयाँ वर्षको अवसरमा “अार एण्ड जी इभेन्टको”आयोजनामा एनआरएनए यूके युवा संयोजक एलबीजेड (लालबहादुर) गुरुङ, एनआरएनए यूके सल्लाहकार हेम गुरुङ, समाजसेवी युवा ज्ञान गुरुङ लगायतको समूहले कलाकारत्रय झिकाएर बेलायतका विभिन्न शहरमा कार्यक्रम सम्पन्न भएको हो ।

बिदाई कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहामगर एबं महासचिव आर के त्रिपाठी, धर्म विभागका होमनाथ पौडेल,गोल्डेन सीप रेष्टुरेन्टका 
प्रोपाइटर देव गुरुङ आदिले शुभकामना दिए ।

यसैबीच चर्चित कलाकारहरुको साथमा साउथ ईस्ट लण्डन वुल्वीचमामा पनि इभेन्ट आयोजना गर्दै आएका प्रकाश कंडेल र ज्ञान गुरुंगले यो कार्यक्रम भब्य सफल पारेका थिए ।

वुमेन्स पावर’ नाममा कार्यक्रममा स्थानीय डान्सरहरु स्नेहा गुरुङ र प्रतिष्ठा त्रिपाठी एवं गायिका नितिका मगरले पनि आफ्नो कला प्रस्तुत गरेका थिए ।