जर्मन बुन्डेस लिगा च्याम्पियन बायन म्युनिखका डिफेन्डर जेरोमी बोटेङ्गले रियल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई मेसिनको उपमा दिएका छन् ।
अप्रिल २६ तारिख अर्थात यहि बिहिबार राति बायन र मड्रिडबीच सेमिफाइनलको पहिलो लेग हुन लागेका बेला बायनका डिफेन्डर बोटेङ्गले रोनाल्डोको तारिफ गरेका हुन् ।
रोनाल्डो विश्व उत्कृष्ट खेलाडी भएकामा कुनै सन्देह नभएको बताउदै बोटेङ्गले किकरसँगको अन्तवार्तामा भने “रोनाल्डोले दाइने खुट्टा, देब्रे खुट्टा र टाउकाको प्रयोगले उत्कृष्ट गोल गर्न सक्छन् । उनी पूर्ण खेलाडी हुन् ।”
विश्वका कुनै फरवार्ड रोनाल्डोको दाजोमा नपर्ने उनको भनाइ छ । एजेन्सी






