नयाँ एयरबसबाट व्यवसायिक उडान सुरु

नेपाल वायुसेवा निगमको नयाँ एअरबस ‘सगरमाथा’ले शुक्रबारदेखि व्यवसायिक उडान सुरु गरेको छ । निगमको एअरबस ‘ए थ्री ट्वेन्टी’ले शुक्रबार सयजना यात्रु बोकेर काठमाडौं–नयाँ दिल्ली रुटमा पहिलो व्यवसायिक उडान गरेको हो । दिल्ली पुगेपछि विमान शुक्रबारै बिहान सवा १० बजे काठमाडौं फर्किने जनाइएकोछ ।
यसअघि भारतीय विमान नियामक निकायलाई कागजात पुर्‍याउन ढिलाइ भएपछि गत बुधबार गर्ने भनिएको पहिलो व्यवसायिक उडान हुन सकेको थिएन । निगमले हप्तामा चार दिन दिल्ली उडान गर्नेछ । दिल्लीको लागि एकतर्फी भाडा ७ हजार ८४ रुपैयाँ र दुईतर्फी भाडा १५ हजार १ सय ११ रुपैयाँ तोकिएको छ ।