बेलायत कांग्रेसको प्रवक्तामा खुशि लिम्बु नियुक्त

लण्डन । वेलायतस्थित नेपाली कांग्रेसको भातृसँस्था नेपाली जनसम्पर्कको प्रवक्तामा खुशि लिम्बु नियुक्ति भएका छन् ।

समितिका सभापति युवराज गुरुगंका अनुसार लिम्बुलाई शनिवार देखी लागु हुने गरि समितिमा प्रवक्ताको जिम्मेवारी दिएको हो ।

लिम्बु जनजाति पत्रकार महासंघ वेलायतको महासचिव समेत हुन् । गैरआवासीय नेपाली संघको अभियानमा समेत सकृय लिम्बुले मल्टिमिडियामा समेत राम्रो दखल राख्छन् ।

यसअघि लिम्बु समितिको कार्यसमितिको सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।