घले दम्पत्ति महत्वपुर्ण योजनाका साथ नेपालमा

लन्डन । महत्वपूर्ण योजनाका साथ घले दम्पत्ति नेपाल पुगेका छन । एनआरएनको आठौ विश्वपछि उनीहरु पहिलो पटक विशेष योजनाकासाथ नेपाल पुगेका हुन । एनआरएन पूर्व अध्यक्ष शेष घले र निवर्तमान अध्यक्षको प्रत्यासी समेत रहेकी जमुना गुरुङले एनआरएनको विषयमा कुनै धारणा नदिएकाले पछिल्लो एनआरएनको विषयमा उनीहरुको नेपालबाटै प्रतिक्रिया आउने अनुमान गरिएको छ ।

भ्रमणका क्रममा एनआरएन पुर्व अध्यक्ष घलेले आफनो कार्यकालमा शुरु गर्नुभएको लाप्राक पोेजेक्टलगायतका योजना भने अवलोकन गर्ने बताइएको छ । तर कती समय नेपाल बस्ने भन्ने विषयमा टुंगो लागेको छैन ।