लण्डन । बेलायतमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज(इनास)ले युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने भएको छ ।
आगामी अप्रिल २२ तारिख लण्डनमा हुने कार्यक्रम ईनासको छैठौं यूरोप महादेशस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता एवं तेश्रो इनास यूरोप महादेशस्तरीय एकल नेपाली गायन प्रतियोगिता हो। साथै छैठौं यूरोप क्षेत्रीय बैठकको पनि आयोजना गर्ने ईनासले जनाएको छ।
बुधबार सांझ एभरेष्ट इन ब्ल्याकहिथमा आयोजित पत्रकार सम्मेलनमा इनास यूके पदाधिकारीले ति प्रतियोगिताको अन्तिम तयारी भइरहेको जनाए । कार्यक्रम संयोजक तथा इनास यूके उपाध्यक्ष प्रमोदराज न्यौपानेले २१ अप्रिलमा युरोप इनास छैठौं बैठक, बन्द सत्र र वार्षिक कार्ययोजनाबारे छलफल हुने तथा भोलिपल्ट २२ अप्रिलमा नृत्य र गायन प्रतिष्पर्धा गरिने जानकारी दिए ।
संयोजक न्यौपानेका भनाइमा डेनमार्क, जर्मनी, पोल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, फिनल्याण्ड, स्वीटजरल्याण्ड, इटाली, स्पेन र बेलायत गरि दश युरोपेली देशका कुल ४८ प्रतियोगीले प्रतिष्पर्धा गर्दैछन् । कार्यक्रममा नेपाल र अमेरिकाबाट समेत कला क्षेत्रका हस्तीहरु मधु क्षेत्री, धिरेन शाक्य, दमन रुपाखेती, कृष्णभक्त महर्जन, नारायण पुरी, परशुराम रिजाल आदि अतिथीका रुपमा सहभागी हुने आयोजकले जनाएका छन् । निर्णायकहरु इनास कार्यसमिति बाहिरबाट राखिनेछ ।
शिब भण्डारीको एक रिपोर्टः-
लन्डनमा अडिसनपछि छानिएका तीन तीन जनाले बेलायतको प्रतिनिधित्व गर्दै गायन र नृत्य प्रतियोगितामा भाग लिने छन् भने अन्य देशका दुई जना प्रतिष्पर्धामा उत्रनेछन् । गायन र नृत्य प्रतियोगिता दुवैमा एउटा आइटम लोक संस्कृति झल्कने र बांकी आफूखुशी प्रस्तुत गर्न सकिने आयोजकले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार स्वरुप विजेताले ७०१ युरो नगद, ट्रफी र सर्टिफिकेटका साथै मोडलिङ र गीत रेकर्डिङको अवसर पाउनेछ भने फस्ट र सेकेन्ड रनर हुने प्रतिभाले क्रमशः ५०१ र ३०१ युरो, ट्रफी र सर्टिफिकेट पाउनेछन् । ति विजेतालाई इनासको सदभावना दूत बनाइ युरोपका विभिन्न फोरममा सहभागी गराइने आयोजकको दावी छ । पत्रकार सम्मेलनमा इनास यूके प्रमुख संरक्षक तथा ग्लोवल महासचिव मनिषकुमार श्रेष्ठले कार्यक्रम व्यवस्थित रुपमा सम्पन्न गर्न ठूलो चुनौति र जिम्मेवारी रहेको बताउंदै सहयोगका लागि समस्त मिडियाकर्मी समक्ष अपिल गरे।
इनास यूके अध्यक्ष रजनी सुनुवार, महासचिव सञ्जय भक्त कंडेल र प्रतियोगिता संयोजक न्यौपानेले सञ्चारकर्मीहरुको जिज्ञासा मेटाउंदै कार्यक्रम सफल पारिदिन सबैमा अनुरोध गरे । कार्यक्रममा सल्लाहकारहरु यादव भण्डारी, दीपक श्रेष्ठ लगायतले शुभकामना दिंदै आ आफ्ना सुझाव सल्लाह दिएका थिए ।
प्रेस मिटको क्रममा बेलायतका पत्रकारहरु संग लण्डनमा हुने युरोपस्तरीय (ईनास) नृत्य तथा गायन प्रतियोगिताको तयारीमा तिब्रता दिईएको लाईभ —






