फर्पिङमा बस दुर्घटना : २ जनाको मृत्यु, १७ घाइते

काठमाडौँ । काठमाडौँको फर्पिङमा यात्रुबाहाक बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन्।

काठमाडौँको दक्षिणकालीबाट रत्नपार्क आउँदै गरेको बा १ ख ९९९९ नम्बरको यात्रुबाहक फर्पिङ झञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ।