काठमाडौं- एमाले र माओवादी संसदीय दलको संयुक्त बैठकले दुवै पार्टीका सांसदलाई प्रधानमन्त्रीको पक्षमा विश्वासको मत जाहेर गर्ने ह्वीप जारी गरेको छ ।
आज बानेश्वरस्थित संसद भवनमा बसेको दुई दलको संयुक्त बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिए ।
बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने
-एमालेको संसदीय दलको नेता मै हुँ ।
-अहिले सचेतक पनि छैनन् ।
-सवै मैले हेरेको छु ।
-तपाईंहरु सवैले म माथि विश्वास छ भनेर मत जारी गर्न निर्देशन दिन्छु ।
बैठकमा प्रचण्डले भने
-प्रधानमन्त्रीको पक्षमा अनिवार्य रुपमा विश्वासको मत जाहेर गर्न निर्देशन दिन्छु ।
-जनताको भरोसा अनुसार एकताको पक्षमा दृढतापूवर्क उभिनुपर्छ ।
-मैले सचेतकलाई हिजै भनिसकेको थिएँ ।
-आज सवैलाई निर्देशन दिन्छु ।






